CG Electronics
IME Life
Ncell NPL

अमेरिकाले स्पष्ट पारेपछि मात्रै एमसीसी प्रक्रिया अगाडि बढ्छ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले सो कुरा बताएका हुन् ।

 

महतले एमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय भएको भन्दै यसको सम्बन्धमा नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडी बढ्ने बताए । एमसीसी सैन्य प्रयोजनको लागि नभएको भन्ने कुरा सम्झौतामा नै भएको उनको भनाई छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा ठेक्का प्रक्रिया अगाडि बढ्ने उनले उल्लेख गरे । नेपाली जनतामाझ उठेका आशंकाहरुलाई स्पष्ट पार्नका लागि सरकारले अमेरिकी सरकार समक्ष पहल गरिराखेको भन्दै उनले अमेरिकी सरकारले स्पष्ट पार्ने विश्वास पनि व्यक्त गरे ।

 

उनले भने– ‘यो विषय कयौँ सरकारहरुको सहभागितामा टुंगो लागेको विषय हो । हामी विदेशबाट ऋण पनि लिन्छौँ । ऋण लिएर पनि त्यही देशका ठेकेदार नै आउने प्रावधान छ । कामदार पनि आउँछन् । यो चाहीँ अनुदानमा आएको आयोजना हो । हामीले प्राथमिकता तोकेको क्षेत्रमा पैसा आउँदैछ । अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएर ठेक्का प्रक्रिया अगाडि बढ्छ । सैन्य प्रयोजनको लागि यो पैसा प्रयोग गर्न पाइदैन भन्ने उल्लेख नै छ । कतिपय विषयहरु यो छ कि उ छ कि भन्ने जुन पब्लिकमा उठेका छन् । त्यसबारेमा पनि क्लेरिफिकेशनको लागि सरकारले पहल गरिराखेको छ ।’

स्पष्ट रुपमा क्लेरिफिकेशन आएपछि यो विषयले ल्यान्डिङ गर्छ भन्ने आफुलाई लागेको उनले बताए । उनले भने, ‘पब्लिकमा यस्तो छ कि उस्तो छ कि भन्ने आशंका छ । धेरैले पढ्या छैनन् । धेरै कुरा प्रचार भएको छ । त्यस विषयमा अमेरिकी सरकारले अवश्य ती कुराहरु क्लेरिफाइ गर्ला, पब्लिकमा यस्तो पो छ कि उस्तो पो छ कि भन्ने आशंका छ त्यो आशंका अवश्य पनि निवारण हुने काम सम्बन्धित पक्षबाट हुनेछ र प्रक्रिया अगाडी बढ्नेछ भन्ने मलाई लाग्छ ।’

सहमहामन्त्री महतले सत्तारुढ गठबन्धनका दलहरु नेकपा९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै मन्त्रीको नाम पाउनासाथ मन्त्रिपरिषद् बिस्तार हुने बताए ।(रातोपाटीबाट)

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

वि.सं.२०८३ वैशाख १९ शनिवार १६:०४

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...