सिटिजन्स बैंकको ९१ लाख ४८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत
Friday Oct 29, 2021
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १८:५५
सिटिजन्स बैंकको ९१ लाख ४८ हजार आठ सय २२ दशमलव दुई कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० मा सूचीकृत भएको छ । सिटिजन्स बैंकले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई १।० दशमलव ९५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।
























