प्रभु बैंकको क्यू आर कोड सेवा नक्साल भाटभटेनी सुपर मार्केटमा
Friday Oct 29, 2021
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार २०:००
प्रभु बैंक लिमिटेडले क्यू आर कोड सेवा नक्साल भाटभटेनी सुपर मार्केटमा कारोबार गर्दा क्यू आर कोडमार्फत भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ ।
बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले क्यू आर कोड सेवा सञ्चालनमा ल्याएको हो ।
बिहीबारका दिन नक्सालस्थित भाटभटेनी सुपर मार्केटको प्राङगणमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड पेमेन्ट सिस्टमको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गभर्नर अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको बताए ।
साथै उनले प्रभु बैंक र फोन पे को संयुक्त पहलमा नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेकोे बताएका छन् ।
सोही कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरूलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।
अत्याधुनिक प्रवधिको उच्चतम् प्रयोग गर्दै समग्र ग्राहकहको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंक र सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल फोन पे विचको समन्वयनमा सञ्चालित क्यू आर कोड सेवा मार्पmत् डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी नक्साल भाटभटेनी सुपर मार्केटमा आर्थिक कारोबार गर्ने सम्पूर्ण उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
























