प्रभु बैंकको खुद नाफा १६.९० प्रतिशतले बृद्धि
Friday Jan 21, 2022
वि.सं.२०७८ माघ ७ शुक्रवार १४:०३
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १६.९० प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ५१ करोड ८६ लाख ८४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने ४.७८ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ५० लाख २ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ६९ करोड ६० लाख २५ हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा १२.९९ प्रतिशतले घटेर एक अर्ब ८६ करोड ८१ लाख २० हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब १४ करोड ६९ लाख ६२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५३ करोड ६१ लाख ८७ हजार रुपैयाँ रहेको छ।
त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ८३ करोड ६ लाख ८२ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ९१ पैसाले घटेर ३९ रुपैयाँ ७२ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५४ पैसा रहेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छ :-
























