Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

फाल्गुन १३ देखि कृषि प्रर्दशनी

काठमाडौँ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि र फिउचरेक्स ट्रेड एण्ड इभेन्ट्सले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी (चौथो नेपाल आर्किटेक इन्टरन्यास्नल एक्स्पो) यहि फागुन १३, १४ र १५ गते बागमती प्रदेश अन्तर्गत चितवनको चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा आयोजना गर्न गइरहेको छ । आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् ।

उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, र बिषादी रहित कृषिका बारेमा तालिम एवं गोष्ठी समेत संचालन हुने कुरा कम्पनीका प्रबन्ध निर्देशक भट्टराई बताउछन् । उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।

बमबम
निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास छ । उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपाल आर्किटेक अन्तरास्ट्रिय प्रदर्शनी संगै नेपाल फुड एंड बेभेरेज एक्स्पो पनि आयोजना हुन गैरहेको छ । यस प्रदर्शनी मा फुड एंड बेभेरेज एक्स्पो अन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिंग लगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश रहने छन् ।

समस्त कृषि तथा पशुपन्छी क्षेत्रको विकास र समृद्धिको लागि हुन गैरहेको यस प्रदर्शनीमा देश भरि बाट आउनु हुने कृषकहरुलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।

प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवा मार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भइ दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्नेछ ।
यस प्रदर्शनीलाई बागमती प्रदेश कृषि मन्त्रि बसुन्धरा हुमागाईद्वारा २०७८ फागुन १३ गते बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी...

वि.सं.२०८२ असार २३ सोमवार २३:४१

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम...

वि.सं.२०८२ असार २२ आइतवार २१:४१

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

यामाहाले ग्लोबलको ७०औँ वार्षिकोत्सव नेपालमा पनि मनाइयो

यामाहाले ग्लोबलको ७०औँ वार्षिकोत्सव नेपालमा पनि मनाइयो

वि.सं.२०८२ असार २२ आइतवार २१:१२

  काठमाडौं । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७०...

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२३

  काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१...