सरकारले आगामी आर्थिक वर्ष २०७९र८० मा औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड विनियोजन
Sunday May 29, 2022
वि.सं.२०७९ जेठ १५ आइतवार १७:२७
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० मा औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
‘आगामी आर्थिक वर्षमा औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड रुपैयाँ रकम विनियोजन गरेका छौं,’ मन्त्री शर्माले भने ।
उनले वाइन उद्योग खोल्न प्रोत्साहीत गरिने जनाए । मसलाजन्य वस्तुको उत्पादन वृद्धि गरिने र कपास खेतीलाई प्रोत्साहीत गरिने समेत उनले बताए ।
























