Nabil Bank
prabhubank
nic bank

बजेट घोषणा भएको भोलिपल्ट अर्थात् आज शेयरबजारमा उच्च गिरावट

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि बजेट घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले हिजो संसद भवनमा आगामी आवका लागि बजेट घोषणा गरेका हुन् ।

पछिल्लो समय शेयरबजारमा देखिएको उतारचढावकाबीच लगानीकर्ताहरु बजेट घोषणाको प्रतिक्षामा थिए । पुँजीबजारको हक हितको लागि बजेट घोषणामा केही राहत मिल्ने लगानीकर्ताहरुको आशा आशामै बिलाएको छ ।

अर्थमन्त्री शर्माले घोषणा गरेको उक्त बजेटमा पुँजीबजार केन्द्रित देखिएन । आगामी आर्थिक वर्षको बजेट चालु आवको बजेट भन्दा खासै फरक छैन । १७ खर्ब ९३ अर्बको बजेट पारित हुँदा पनि प्रत्यक्ष रुपमा बजेटले पुँजीबजारलाई प्रभावकारी ढंगबाट सम्बोधन गरेको देखिएको छैन ।

बजेट घोषणा भएको भोलिपल्ट अर्थात् आज शेयरबजारमा उच्च गिरावट आएको छ । आगामी आर्थिक वर्षको बजेटमा पुँजीबजार हक हित र संरक्षणका लागि दीर्घकालीन नीति नियम केही घोषणा नभएको कारण आज शेयरबजार प्रभावित बन्न पुगेको हो । प्रि–ओपनिङ सेसनमा झिनो अंकले शेयरबजार बढेपनि केही समयमा नै नेप्से परिसूचक उच्च अंकले घट्न पुगेको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४१ अंकले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा चुलिँदै गइरहेको तरलता अभाव तथा सिडि रेसियो ९० प्रतिशत माथि पुग्नुले शेयर बजार घट्दै आइरहेको छ । बजेट घोषणामा केही राहत होला भन्ने लगानीकर्ताहरुमा अपेक्षा रहेको थियो तर पुँजीबजारलाई लक्षित गर्दै बजेटमा खासै प्रभावकारी नीति समावेश नभएको कारण लगानीकर्ताहरुमा निराशपन थपिएको हो ।

यसका वाबजुत पनि अर्थमन्त्री शर्माले धितोपत्रको दोस्रो बजार तथा यससँग सम्बन्धित संरचनालाई थप प्रतिस्पर्धी बनाउने घोषणा गरेका छन् । साथै पुँजीबजारको विस्तार र विविधिकरण गर्दै सम्भाव्य जोखिम न्युनिकरण गर्दै आम लगानीकर्ताहरुको हक हित संरक्षण गरिने बताएका छन् ।

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको लगानी जोखिम न्युनिकरण गर्नेसँग सम्बन्धित बजेटमा घोषणा नभएको कारण लगानीकर्ताहरु निराश बन्न पुगेका हुन् ।

यसका साथै बजेटमा एक अर्ब भन्दा बढी चुक्तापुँजी भएको कम्पनी र ५ अर्बको कारोबार गर्ने पब्लिक कम्पनीले आइपीओ निष्काशन गरी नेप्सेमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वैदेशिक रोजगारमा जानेहरुका लागि भने सरकारले प्राथमिक शेयर निष्काशन (आइपीओ)मा १० प्रतिशत आरक्षण गर्ने व्यवस्था मिलाएको छ ।

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

वि.सं.२०८१ जेठ १ मंगलवार २२:३७

  काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका...

काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:१९

    काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र...

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:५६

    काठमाडौं। एनआईसी एशिया क्यापिटल तथा बैंकको सम्पूर्ण शाखा...

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:४६

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक...

माछापुच्छ्र्रे बैंकद्वारा दुर्घटना बिमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्र्रे बैंकद्वारा दुर्घटना बिमा अन्तर्गतको १० लाख...

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०५:५०

  काठमाडौं। माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी...

वि.सं.२०८१ वैशाख ३० आइतवार २२:०४

  काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई...