NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

बजेट घोषणा भएको भोलिपल्ट अर्थात् आज शेयरबजारमा उच्च गिरावट

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि बजेट घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले हिजो संसद भवनमा आगामी आवका लागि बजेट घोषणा गरेका हुन् ।

पछिल्लो समय शेयरबजारमा देखिएको उतारचढावकाबीच लगानीकर्ताहरु बजेट घोषणाको प्रतिक्षामा थिए । पुँजीबजारको हक हितको लागि बजेट घोषणामा केही राहत मिल्ने लगानीकर्ताहरुको आशा आशामै बिलाएको छ ।

अर्थमन्त्री शर्माले घोषणा गरेको उक्त बजेटमा पुँजीबजार केन्द्रित देखिएन । आगामी आर्थिक वर्षको बजेट चालु आवको बजेट भन्दा खासै फरक छैन । १७ खर्ब ९३ अर्बको बजेट पारित हुँदा पनि प्रत्यक्ष रुपमा बजेटले पुँजीबजारलाई प्रभावकारी ढंगबाट सम्बोधन गरेको देखिएको छैन ।

बजेट घोषणा भएको भोलिपल्ट अर्थात् आज शेयरबजारमा उच्च गिरावट आएको छ । आगामी आर्थिक वर्षको बजेटमा पुँजीबजार हक हित र संरक्षणका लागि दीर्घकालीन नीति नियम केही घोषणा नभएको कारण आज शेयरबजार प्रभावित बन्न पुगेको हो । प्रि–ओपनिङ सेसनमा झिनो अंकले शेयरबजार बढेपनि केही समयमा नै नेप्से परिसूचक उच्च अंकले घट्न पुगेको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४१ अंकले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा चुलिँदै गइरहेको तरलता अभाव तथा सिडि रेसियो ९० प्रतिशत माथि पुग्नुले शेयर बजार घट्दै आइरहेको छ । बजेट घोषणामा केही राहत होला भन्ने लगानीकर्ताहरुमा अपेक्षा रहेको थियो तर पुँजीबजारलाई लक्षित गर्दै बजेटमा खासै प्रभावकारी नीति समावेश नभएको कारण लगानीकर्ताहरुमा निराशपन थपिएको हो ।

यसका वाबजुत पनि अर्थमन्त्री शर्माले धितोपत्रको दोस्रो बजार तथा यससँग सम्बन्धित संरचनालाई थप प्रतिस्पर्धी बनाउने घोषणा गरेका छन् । साथै पुँजीबजारको विस्तार र विविधिकरण गर्दै सम्भाव्य जोखिम न्युनिकरण गर्दै आम लगानीकर्ताहरुको हक हित संरक्षण गरिने बताएका छन् ।

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको लगानी जोखिम न्युनिकरण गर्नेसँग सम्बन्धित बजेटमा घोषणा नभएको कारण लगानीकर्ताहरु निराश बन्न पुगेका हुन् ।

यसका साथै बजेटमा एक अर्ब भन्दा बढी चुक्तापुँजी भएको कम्पनी र ५ अर्बको कारोबार गर्ने पब्लिक कम्पनीले आइपीओ निष्काशन गरी नेप्सेमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वैदेशिक रोजगारमा जानेहरुका लागि भने सरकारले प्राथमिक शेयर निष्काशन (आइपीओ)मा १० प्रतिशत आरक्षण गर्ने व्यवस्था मिलाएको छ ।

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...