नारायणी डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारण सभा
Monday Jun 06, 2022
वि.सं.२०७९ जेठ २३ सोमवार १८:२९
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २३ गते बसेको संचालक समितिको बैठकले सभा असार ८ गते होटल पौवा ९होटल स्टार चितवन० रत्ननगर १, टाँडी, चितवनमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभाले बैंकको हाल कायम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँमा थप १ः१ अनुपातमा हकप्रद शेयर जारी गरी चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा छलफल समेत गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ जेठ ३० गते एक दिन शेयरधनी दर्ता किताब ९बुकक्लोज०को मिति तय गरेको छ । यसअनुसार उक्त सभामा उपस्थित हुन जेठ २९ गतेसम्म कायम हुनुपर्नेछ ।

























