nic bank
himalayan everesat
Nmb bank

देशकै प्रतिष्ठित स्पेलिङ प्रतियोगितालाई डिजिटाइज गर्न नेपाल स्पेल बीसँग सहकार्य गर्दै राकुटेन भाइबर

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नेपाल स्पेल बीको नयाँ सिजनका लागि विद्यार्थीहरूले चाँडै भाइबरको च्याटबटमार्फत् नाम दर्ता गर्न, शोको च्यानल जोइन गर्न, र स्टीकर प्याक र लेन्सहरू डाउनलोड गर्न सक्नेछन् ।

नेपाल स्पेल बी, अंग्रेजी शब्दको स्पेलिङ, निर्माण र उच्चारणबारे टेलिभाइज्ड प्रतियोगिता जसले आफ्ना केही सिजनका कार्यक्रमहरू स्थलगत रूपमा सञ्चालन गर्ने गर्थ्यो । तर, देशको शिक्षा प्रणालीले हाइब्रीड सिकाइलाई आत्मसाथ गरेसँगै रियालिटी शो विश्वको अग्रणी मेसेजिङ एप, राकुटेन भाइबरको साथ साझेदारीमा प्रवेश गरेको छ । विगत केही वर्षदेखि, राकुटेन भाइबर नेपालको नयाँ शिक्षा प्रणालीलाई सहयोग गर्न, अनिवार्य अनलाइन शिक्षा र हाइब्रीड सिकाइबीचको दूरी कम गर्न सक्रिय भूमिका निभाउँदै आइरहेको छ ।

नेपालभरका विद्यार्थीहरूले अब भाइबरको नयाँ स्पेल बी च्याटबटबाट उक्त स्पेलिङ प्रतियोगिताका लागि आफ्नो नाम दर्ता गराउन सक्नेछन् । पहिलो पटक, दूर्गम क्षेत्रको विद्यार्थीहरूलाई पनि समान अवसर प्रदान गर्ने उद्देश्यका साथ नेपाल स्पेल बीले भाइबरसँगको सहकार्यमा आफ्नो पाँचौँ सिजनको अडिसनलाई डिजिटाइज गर्दैछ । यो नेपाल स्पेल बीका लागि एक महत्त्वपूर्ण उपलब्धि हो किनकि अघिल्लो सिजनहरूका परिक्षा कागजमा आधारित मात्र हुने गर्थ्यो, जसले गर्दा कति योग्य विद्यार्थीहरू प्रतियोगितामा भाग लिने मौका नपाएको पनि आयोजकको ठहर छ । प्रतियोगिताको डिजिटाइजेशन र भाइबरमार्फत् नयाँ एपलिकेशन मोडसँगै, नेपालभरका विद्यार्थीहरूका लागि प्रतियोगितामा सहभागी हुन सजिलो र सुविधाजनक भएको र विगतका प्रतियोगिताभन्दा यस वर्षको वृहत र भब्य रहनेमा नेपल स्पेल बी पूर्ण विश्वस्त छ ।

च्याटबटको साथै, भाइबरले नयाँ ल्भउब िक्उभिि द्यभभ, नामक च्यानल पनि सार्वजनिक गरेको छ, जहाँ सहभागी र फ्यानहरूले क्वीज, पोल र मिनी गेमहरू जोइन गर्न सक्नेछन् । र त्यो पनि पर्याप्त नभए, दर्शकहरूका लागि घरै बसी रमाइलोमा सामेल हुन मिल्ने स्टीकर प्याक र अन्तरक्रियात्मक लेन्सहरू पनि एपले सार्वजानिक गर्नेछ । भाइबरले आफ्नो कम्फर्ट जोनभन्दा बाहिर जान र प्राविधिक नवीनतालाई अँगाल्न जारी राख्दास् मलिन मिडिया र नेपालको अग्रगामी स्पेल बी शोले यसको नयाँ सिजनका लागि ग्लोबल मेसेजिङ एपसँग सहकार्य गर्दा यसमा आश्चार्य मान्नु पर्ने केही छैन । मलिन मिडियाको सिईओ महेश पोखरेल आफ्ना कराहरू यसरी राख्छन्ः “नेपाल स्पेल बीको सिजन ५ लाई डिजिटाइज गर्न हामीले किन पनि भाइबरसँगै साझेदारी गर्यौँ भने सिजन ४ को बेला हामीले विद्यार्थीहरूलाई नेपाल स्पेल बीको मेसेजहरू कुन कम्यूनिकेशन एपलिकेशनबाट फ्लो गर्दा उपयुक्त होला भनेर प्रश्न गर्दा अधिकांशले भाइबर रोजेको पायौँ । भाइबरको कम्यूनिटी ग्रुपसँग ठूलो जमातको सदस्यहरू समावेश गर्न मिल्ने क्षमता छ, जहाँ हामीले एकैसाथ बृहत दर्शकहरूलाई मेसेज फ्लो गर्न सक्छौँ । र यो एप चलाउन पनि एकदम सजिलो छ । चलाउन पहिले सिकिराख्नु पर्ने झन्झट हुँदैन ।”

विभिन्न पहलहरूबाट शिक्षा क्षेत्रलाई भाइबरले सदैब सकृय रूपमा सहायता गर्दै आइरहेको छ, र आफ्नो नेपाली प्रयोगकर्ताहरूका लागि नेपाल स्पेल बीसँगको सहकार्य पछिल्लो गतिविधिहरूमध्ये सबैभन्दा नयाँ हो । भाइबर शिक्षक र विद्यार्थीहरूद्वारा विश्वास गरिएको विश्वको अग्रणी कम्यूनिकेशन एपहरूमध्ये एक हो जसले नेपालमा अपनाउन थालिएको हाइब्रिड सिकाइ प्रणालीमा महत्त्वपूर्ण भूमिका निभाउँदै आइरहेको छ । बहु(प्रतीक्षित क्याम्पेनको बारेमा एसिया पेसेफिकका लागि राकुटेन भाइबरको सिनियर डाइरेक्टर डेभिड चेले आफ्ना कुराहरू यसरी राख्छन्ः “नेपाल स्पेल बीले आफ्नो इतिहासमै पहिलो पटक यस्तो भब्य र एैतिहासिक कार्यक्रम आयोजन गर्नका निम्ति होम्रो कम्यूनिकेशन प्लेटफर्मलाई विश्वास गरेकोमा नेपालको विद्यार्थी र मलिन मिडियाप्रति हामी आभारी छौँ । राकुटेन भाइबरको सम्पूर्ण टीमका लागि यो गर्वको विषय हो । विश्वको शिक्षा प्रणालीले हाइब्रीड शिक्षा आतमसाथ गरेसँगै हामी आशावान छौँ कि हामीबीचको यस सहकार्यले दिघो समयसम्म निरन्तरता पाउनेछ । र हामी यो कुरालाई लिएर पनि पूर्ण रूपमा विश्वस्त छौँ कि यो डिजिटाइजेशनले नेपाल स्पेल बीलाई देशभरबाट प्रतिभाशाली विद्यार्थीहरू खोज्न मद्दत गर्नेछ र एक कदम उनीहरूको सपनाको नजिक ल्याउने छ ।”

गत वर्षको स्पेल बीको विजेता सुजल भस्याललाई यस वर्षको स्पेल बीको अडिसनलाई डिजिटाइज गरिएको बारेमा प्रश्न गर्दा, भस्याल निकै उत्साहित देखिन्छन् र डिजिटाइजेशनको फाइदाहरूमाथि यसरी प्रकाश पार्छन्ः “स्पेल बीको अडिसनलाई डिजिटाइज गर्नु एकदमै राम्रो निर्णय हो किनभने यसो गर्दा दूर्गम क्षेत्रका विद्यार्थीहरूले पनि मोबाइल र ल्यापटप मार्फत प्रतिस्पर्धा गर्न सक्छन् र विद्यार्थी र ृपरिवारे यात्रा गर्नु पर्दैन।”

कार्यक्रमको लागि दर्ता गर्न योग्य विद्यार्थीहरू १६ वर्षभन्दा माथि र हाल उच्च माध्यमिक तहमा अध्यनरत हुनुपर्दछ। विद्यार्थीहरूले नेपाल स्पेल बीको च्याटबटमार्फत् आफ्नो नाम दर्ता गराउन सक्नेछन् । च्याटबट भाइबरमा सेप्टेम्बर २ गतेदेखि अक्टोबर १७ गतेसम्म उपलब्ध हुनेछ । त्यसपछि सर्टलिस्ट गरिएका विद्यार्थीहरूलाई अन(ग्राउन्ड एक्टिभेसनका लागि विभिन्न २४ स्थानमा बोलाइनेछ र नोभेम्बर १ बाट सुरू हुने क्वालिफाइङ राउण्डका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ ।

प्रयोगकर्ताहरूले अब यस च्यानलमा सामेल हुन, कार्यक्रमको बारेमा विशेष अपडेटहरूको आनन्द लिन र सिजन अगाडि शैक्षिक तर रमाइलो गतिविधिहरूमा भाग लिन सक्नेछन् । स्टीकर प्याक र लेन्सहरू पनि चाँडै लञ्च हुने तयारीमा छन् ।

राकुटेन भाइबरका बारेमाः
राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान(टु(वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ।राकुटेन भाइबर, राकुटेन भाइबर, राकुटेन ग्रुप, आइएनसीको एक हिस्सा हो, ई(कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो । आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस् ।

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष  ढकाल

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी...

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:५७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको...

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो :...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च...