Nabil Bank
prabhubank
nic bank

सूर्यविनायकमा नेपालकै पहिलो द्धारकाधाम निर्माण हुदैँ

मिडिया स्पेस सोलुसन्स प्रालि

भक्तपुर । हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको चार धाम मध्येको एक धाम हो द्धारकाधाम । नेपालका नागरिक द्धारकाधामको दर्शन गर्नु परे भारतमा रहेको द्धारकाधाम जाने गर्दछन् ।

यसर्थ नेपालमा पनि द्धारकाधामको आवश्यकता महसुस गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्धारकाधाम निर्माण हुदै छ ।

यहीँ साउन २५ गते दिउँसो १ बजेर ३२ मिनेटमा जगको साइत गरि नेपालमै पहिलो द्धारकाधाम निर्माण सुरु गरिने मन्दिर निर्माणका मुख्य अगुवाई तथा गुण्डुस्थित पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिनु भयो ।

उहाँले पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्धारकाधाम जस्तै सूर्यविनायकको गुण्डुमा नेपालकै पहिलो द्धारकाधाम निर्माण सुरु गरिने उहाँले जानकारी दिनु भयो । गुरु शास्त्रीले भन्नुभयो, “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर धार्मिक विकासमा टेवा पुर्याएका छौँ, अब पाँच वर्ष भित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो द्धारकाधाम निर्माणमा हामी जुटेका छौँ, यहीँ २५ गते बुधबारको शुभसाइतमा जग पूजा एवं हवन गरि धामको निर्माण कार्य सुरु गरिने उहाँले बताउनु भयो।

करिब आठ रोपनी क्षेत्रफलमा २० करोडको लागतमा पाँचवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्धारकाधामको गुरुयोजना निर्माण सम्पन्न गरि मन्दिर निर्माणको कार्य अगाडि बढाएको उहाँले जानकारी दिनु भयो । द्धारकाधामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउदै उहाँले भारतको द्धारकाधाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको उहाँको बताउनु भयो ।

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर आयोजना गर्दै

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:४२

  काठमाडौं, १ जेठ । हब इन्टरनेशनल एजुकेशनले हात्तीसरमा अवस्थित...

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:३०

  काठमाडौँ, १ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:२७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै श्रममन्त्री अर्याल

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:१७

काठमाडौँ,३१ वैशाख । विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:५९

  काठमाण्डौँ, ३१ वैशाख– अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास...

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड...

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:२१

    काठमाडौं । प्रहरीले विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी...