CG Electronics
IME Life
NIMB

सूर्यविनायकमा नेपालकै पहिलो द्धारकाधाम निर्माण हुदैँ

NIMB
Himalayan Bank

भक्तपुर । हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको चार धाम मध्येको एक धाम हो द्धारकाधाम । नेपालका नागरिक द्धारकाधामको दर्शन गर्नु परे भारतमा रहेको द्धारकाधाम जाने गर्दछन् ।

यसर्थ नेपालमा पनि द्धारकाधामको आवश्यकता महसुस गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्धारकाधाम निर्माण हुदै छ ।

यहीँ साउन २५ गते दिउँसो १ बजेर ३२ मिनेटमा जगको साइत गरि नेपालमै पहिलो द्धारकाधाम निर्माण सुरु गरिने मन्दिर निर्माणका मुख्य अगुवाई तथा गुण्डुस्थित पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिनु भयो ।

उहाँले पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्धारकाधाम जस्तै सूर्यविनायकको गुण्डुमा नेपालकै पहिलो द्धारकाधाम निर्माण सुरु गरिने उहाँले जानकारी दिनु भयो । गुरु शास्त्रीले भन्नुभयो, “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर धार्मिक विकासमा टेवा पुर्याएका छौँ, अब पाँच वर्ष भित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो द्धारकाधाम निर्माणमा हामी जुटेका छौँ, यहीँ २५ गते बुधबारको शुभसाइतमा जग पूजा एवं हवन गरि धामको निर्माण कार्य सुरु गरिने उहाँले बताउनु भयो।

करिब आठ रोपनी क्षेत्रफलमा २० करोडको लागतमा पाँचवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्धारकाधामको गुरुयोजना निर्माण सम्पन्न गरि मन्दिर निर्माणको कार्य अगाडि बढाएको उहाँले जानकारी दिनु भयो । द्धारकाधामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउदै उहाँले भारतको द्धारकाधाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको उहाँको बताउनु भयो ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...