१४ वर्षीया प्राप्ती बतासले मलेसियामा भएको आइएफएमए विश्व युवा खेलकुदमा२ पदक जितिन

वि.सं.२०७९ भदौ १४ मंगलवार ०९:४६

काठमाडौँ । १४ वर्षीया प्राप्ती बतासले मलेसियामा भएको आइएफएमए विश्व युवा खेलकुद २०२२ मा २ पदक जितेकी छिन । जिमखाना मुए थाईबाट तालिम फाइटिङमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति र थाई खेलकुद परिषद्द्वारा मान्यता प्राप्त मुए थाईको लागि एकमात्र प्रशासकीय निकाय हो ।
उनी एक नियमित मुए थाई सदस्यको रूपमा आएकी थिइन् । उनको असाधारण क्षमताको लागि प्रशिक्षकहरूले चाँडै ध्यान दिए । हाल कक्षा ९ मा अध्ययनरत उनी आफ्नो प्रशिक्षण जारी राख्ने र आगामी नोभेम्बर २३ देखि २७ सम्म टर्कीमा हुने अन्टाल्या कपमा नेपालको प्रतिनिधित्व गर्न छिन् । प्राप्तिले ग्रान्ड स्लाम (१२–१५ वर्ष) ५१ केजी मुनि रजत पदक जितेकी छिन् । उनले (१४–१५ वर्ष) ५१ केजी समूहमा कास्य पदक पनि जितेकी थिइन् ।