NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

सामसङको दशैँ अफर सार्वजनिक, स्मार्टफोन किन्दा कार पाइने

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । सामसङले दशैँलाई लक्षित गर्दै कार जित्न सकिने एक आकर्षक अफर सार्वजनिक गरेको छ । ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!’ नाम दिइएको यो अफर भाद्र १४ देखि असोज १४ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । यो योजनामा सहभागी बन्नका लागि ग्राहकले अंग्रेजीमा सामसङ टामइप गरेर स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ । यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार ड्याम्मै जित्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस अफरको बारेमा जानकारी दिँदै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “सामसङ उपभात्ताहरुको जीवनलाई सहज बनाउनको लागि सधै प्रतिबद्ध छ । यो चाडपर्वको मौसममा हामीले हाम्रा उपभोक्ताहरूलाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्ने कोशिश गरेका छौैं । आफ्नो मनपर्ने सामसुङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथ उपभोक्ताहरूले अर्कषक उपहारहरू जित्ने मौका पाउनेछन् । यस योजनाले हाम्रा ग्राहकहरूलाई पुरस्कृत गरि यस महान चाड अझै हर्षित र उत्साहजनक बनाउँछ भन्ने विश्वास हामीले राखेका छौं ।’

यस योजनामा सहभागी बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेटमध्ये कुनै एक खरिद गरेको हुनुपर्नेछ ।

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५०

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै...