NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

अर्थतन्त्रका सूचक सकारात्मक बाटोमा छन्, अब सुधार हुन्छ : अर्थमन्त्री शर्मा

NIMB
leapmotornepal (citroen)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । काठमाडौमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २४ औँ वार्षिक साधारणसभालाई संबोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय तरलताको समस्या कम हुँदै गएको र रेमिट्यान्स पनि बढ्दै गएको बताएका हुन् ।

उनले तरलतामा देखिएको सुधारोन्मुख अवस्था तथा रेमिट्यान्स बढ्न थालेकाले अर्थतन्त्र सुधारतर्फ जान लागेको बताए । अहिले विदेशी विनिमय सञ्चितिमा पनि सुधार भएको उनको भनाई छ । गएको आर्थिक वर्षमा समयमै बजेट खर्च हुन नसकेकोतर्फ पाठ सिकेर अहिले अर्थमन्त्रालय र मातहतका निकायले बेलैमा पहल थालेको पनि उनको दाबी छ ।

अर्थमन्त्री शर्माले नेपाल श्रीलंका हुन्छ भन्ने नकारात्मक हल्लाकाबीच बेलैमा होसियारी अपनाउँदा अवस्था त्यस्तो हुन नगएको र अर्थतन्त्र थप बिग्रन नदिएको समेत बताए । अब अर्थतन्त्र लयमा आउने आफूले विश्वास गरेको र देशभित्र लगानीमैत्री वातावरण बन्दै गएको उनको दाबी छ । साथै अर्थमन्त्री शर्माले उद्योगीलाई लगानी गर्न पनि आग्रह गरेका छन् ।

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...