NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नर्भिकले ३ दिन फ्रि केमिकल पिल सञ्चालन गर्ने, सहभागी भएर लाभ उठाउन सकिने

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्री केमिकल पीलको सेवा सञ्चालन गर्न लागेको हो ।
फ्री केमिकल पील सेप्टेम्बर ७, १४ र २१ तारिखका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् । उनकाअनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फूस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठी, पोतो र फूटेको वा खस्रो छालाको समस्या हुनेहरुले निःशुल्क केमिकल पिलमा सहभागी भएर लाभ उठाउन सक्नेछन् ।
योअभियानअन्तर्गत अस्पतालले छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गर्नेछ । तर, औषधि भने निःशुल्क हुनेछैन । नर्भिकले हालै आफ्नो कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको थियो ।
यो एउटै मसिनको मद्धतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिन्छ । यो मसिनको मद्धतबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरुलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ । अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्कीनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ । यो फेसियल स्कीनका लागि अहिलेसम्मकै उत्कृष्ट र सबै विशेषता एउटैमा सुसज्जित भएको मसिन हो । यो मसिनको मद्धबाट गुणस्तरीय सेवा लिनेको संख्या पछिल्ला दिन बढ्दो छ ।

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...