NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

यती एअरलाइन्सको क्यासब्याक अफर, टिकट खरिदमा १ हजारसम्म सस्तो

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । यती एअरलाइन्सले यात्रुका लागि सस्तो टिकट उपलब्ध गराउन क्यासब्याक अफर ल्याएको छ । यती एअरलाइन्सको विभिन्न गन्तब्यहरुको टिकट मोबाइल एप वा वेबसाइट मार्फत् खरिद गर्दा रु. ३०० देखि १००० रुपैयाँसम्मको क्यासब्याक हुने एअरलाइन्सले जनाएको छ ।

यती एअरलाइन्सले डिजिटल वालेटसँगको सहकार्यमा ‘डिस्काउन्ट पनि, क्यासब्याक पनि’ अफर ल्याएको र यो हालसम्मकै धेरै धनराशिको क्यासब्याक भएको एअरलाइन्सले दाबी गरेको छ । भाद्र १८ देखि ३० गते भित्र मोबाइल एप वा वेबसाइटबाट टिकट खरिद गर्दा यात्रुलाई अब टिकट सस्तो पर्नेछ ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘हवाई ईन्धनमा भएको मूल्य वृद्धि तथा बिमानस्थल सेवा शुल्कमा भएको परिवर्तनले टिकटको मूल्य बढेको अवस्थामा यो क्यासब्याक अफरले केहि मात्रामा भए पनि राहत दिनेछ।’

यो अफरको प्रभावकारिताका आधारमा भाद्र ३० पछि पनि योजनालाई निरन्तरता दिन सकिने बर्तौलाले जानकारी दिए । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यो अफर ल्याइएको एअरलाइन्सले जनाएको छ ।

यस अफरअन्तर्गत, फ्लाइट बुकिङ्गमा रु. १००० सम्मको रकम डिस्काउन्ट र क्यासब्याक गरी तत्कालै तर अलग–अलग प्राप्त हुनेछ । जसमा केही रकम बिलमा स्वतः घट्नेछ भने केही रकम बुकिङ्गकर्ता वालेटमा क्यासब्याक स्वरुप प्राप्त हुनेछ ।

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...