CG Electronics
IME Life
NIMB

मोबाइलको अनलाइन र अफलाइनमा एउटै मूल्य कायम गर्न नेपाल मोबाइल व्यवसायी महासंघको माग

NIMB
Himalayan Bank

काठमाडौं । मोबाइल विक्रेताहरुले अनलाइन र अफलाइन मूल्य एउटै कायम गर्न माग गरेका छन् । केही अनलाइन प्लेटफर्ममा सस्तो दरमा पनि मोबाइल उपलब्ध भएको भन्दै बिक्रेताहरूले मूल्यमा फरक नपर्ने गरी कायम गरिनुपर्ने बताए ।

मोबाइलको खुद्रा विक्रेताहरुको संस्था नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल आयातकर्ता र वितरकसँग यस्तो माग गरेका हुन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले अनलाइन र अफलाइनमा मूल्य फरक पर्ने हो भने आफूहरुलाई मोबाइल बिक्री गर्न समस्या हुने बताए ।

आफूहरुका लागि तय भएको बिक्री मूल्यभन्दा सस्तोमा अनलाइन प्लेटफर्ममा मोबाइल उपलब्ध हुने गरेकोले बिक्रेतालाई समस्या भएको महासंघका अध्यक्ष भरत भट्टराईले बताए । अहिले देशभर २० हजारको हाराहारीमा बिक्रेता रहेको र उनीहरुले कम्पनीले तय गरेको मूल्यमा नै बिक्री गर्दा पनि सोभन्दा सस्तोमा अनलाइनमा पाउने गरिएबाट समस्या भएको उनको भनाई छ ।

‘कुनै मोबाइल मैले नाफा नखाई बिक्री गर्दा पनि २० हजार रुपैयाँमा बेच्नुपर्छ, त्यही मोबाइल अनलाइन प्लेटफर्मतिर १७ हजारमा पाइने गरेको छ, यति १७ हजारमा पाइने हो भने खुद्रा बिक्रेताले पनि १७ हजारमै बिक्री गर्न सक्ने व्यवस्था मिलाउनुपर्यो, होइन भने कसरी अनलाइनमा १७ हजारमा पाइन थाल्यो ? यसमा कम्पनी, आयातकर्ता र वितरकले गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ,’ अध्यक्ष भट्टराईले भने ।

आयातकर्ता र वितरकहरुले भने आफूहरुले सस्तो दरमा अनलाइनमा मोबाइल नदिएको भन्दै कसरी सस्तो दरमा बिक्री भइरहेको छ भन्ने आफूहरुको पनि चासोको विषय भएको उनले बताए । अनलाइनमार्फत बिक्री हुने परिमाण निकै कम भएकोले पनि आफूहरुले बिक्रेताको माग बेवास्ता गर्न नसकिने उनीहरुको भनाई छ ।

‘अहिले जति पनि मोबाइल बिक्री हुन्छन्, त्यसको ५ देखि १० प्रतिशत मात्रै अनलाइन मार्फत बिक्री हुन्छ, बाँकी ९० देखि ९५ प्रतिशत त अफलाइन (विक्रेता) मार्फत नै हो, त्यसैले हामीले बिक्रेतालाई असर पर्ने गरी र हाम्रै ब्रान्डको बजार बिग्रने गरी अनलाइनमा दिएको होइन, त्यस्तो कल्पना पनि गर्न सकिँदैन,’ सामसुङ मोबाइलको आधिकारिक विक्रेता आइएमएसका कैलाश ऐय्यले भने ।

कार्यक्रममा सहभागी रियल मी, आइडेल टेक्नो, वान प्लस लगायतका ब्रान्डका आयातकर्ता र वितरकहरुले पनि अनलाइनमा र अफलानमा आफूहरुले बिक्री गर्ने मूल्य एउटै भएकोले फरक मूल्य कसरी आयो भन्ने थाहा नभएको बताए । उनीहरुले पनि अनलाइन र अफलाइनमा एउटै मूल्य कायम गरिनुपर्ने धारणा राखे ।

मोबाइल बिक्रेताहरूले भने अनलाइनमा सस्तो र आफूहरुको पसलमा महङ्गो हुने भए ग्राहकसँग सम्बन्ध मात्रै बिग्रने भएकोले मूल्यमा एकरुपता कायम गर्न आग्रह गरेका थिए । यस्तै, उनीहरुले आफ्नो कमिसन निकै कम भएकोले कम्तिमा पनि १० प्रतिशत कमिसन पाउनुपर्ने धारणा राखेका थिए ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...