CG Electronics
IME Life
NIMB

मलेसियाको बातुपहाड,जोहोर र केएलमा चाईनिज नयाँ बर्षमा रिमिक्स धमाका हुदै ,चर्चित कलाकारहरूको उत्कृस्ट प्रस्तुती रहने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

क्वालालम्पुर,अंग्रेजी नयाँ बर्ष र मलेसियामा परेको चाइनिज नयाँ बर्ष (चाइनिज न्यु इयर) को अवसरमा सार्वजनिक विदाको सदुपयोग गर्दै ‘रिमिक्स धमाका-१४’ सांगीतिक कार्यक्रम मलेसियामा भब्य रुपमा आयोजना हुने भएको छ ।
जिरो माइलको प्रमुख आयोजनामा ‘रिमिक्स धमाका’ कार्यक्रम जनवरी २२ तारिख आइतबार , २३ तारिख सोमबार र २४ तारिख मंगलबारको दिन मलेसियाको विभिन्न मुख्य-मुख्य शहरहरुमा आयोजना हुन गैइरहेको कार्यक्रमका संयोजक राजेश श्रेष्ठले बताए ।

 

रिमिक्स धमाका मलेसियामा हरेक बर्ष आयोजना हुँदै आएको मनोरन्जनात्मक कार्यक्रम हो, जसमा नेपालबाट विभिन्न क्षेत्रका ख्यातिप्राप्त नेपाली कलाकारहरुको उपस्थिति रहने गर्दछ ।

यस बर्षको १४ औ संस्करणको रिमिक्स धमाका जनवरी २२ मा बातुपहाडको एसकेजे चाइनिज स्कुलमा, जनवरी २३ मा चेमरल्याङ जेबिको जोहोरमा र जनवरी २४ तारिखमा क्वालालाम्पुरस्थित होटल ग्र्याण्ड कन्टिनेन्टलमा आयोजना हुने संयोजक श्रेष्ठले बताए ।

कार्यक्रममा ख्यातीप्राप्त गायक/गायीकाहरु आनन्द कार्की, खेम सेञ्चुरी ,प्रीति आलेमगर र भ्वाईस अफ किड्सका बिजेता जेनिस उप्रेती तथा डान्सर अन्जली अधिकारी,प्रिती पासवान र विभिन्न १५० भन्दा बढी चराचुरुंगी तथा जनावरहरुको आवाज निकाल्ने कलाकार रमेश दुलाल कागेलगायत कलाकारहरुको धमाकेदार प्रस्तुती रहने संयोजक श्रेष्ठले बताए ।

मलेसियामा रहेका नेपाली श्रमिक तथा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरुलाई मनोरञ्जनसँगै भेटघाट र सुखदुःख साटासाटको अवसर जुटाउन तथा नेपाली कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन रिमिक्स धमाका कार्यक्रम गर्दै आएको आयोजक श्रेस्ठले दावी गरे ।
रिमिक्स धमाका कार्यक्रमको टिकट प्रभु पेमार्फत पनि किन्न सकिने जानकारी दिदै संयोजक श्रेष्ठले मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गरे ।

साथै यस पटकको रिमिक्स धमाका सांगीतिक कार्यक्रममा इन्टरनेशनल सोसियल अवार्डको कार्यक्रम पनि रहने संयोजक श्रेष्ठले बताए । उक्त कार्यक्रम जनवरि २४ मा होटल ग्रान्ड कंटिनेन्टलमा रिमिक्स धमाकासँगै हुनेछ । उक्त कार्यक्रममा लागी नेपाल,युएई,कम्बोडिया लगाएत बिभिन्न देशबाट दर्जनौ अतिथी आउने आयोजकले बताएका छन ।

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:४७

  काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...