CG Electronics
IME Life
NIMB

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

NIMB
Himalayan Bank

 

काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित पाकिस्तान दूतावासले पाकिस्तान नेपाल एलुम्नाई नेटवर्क (PNAN) को सहकार्यमा काठमाडौंको नागार्जुन नगरपालिका–४ मा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

शिविरमा पीएनएएनका अध्यक्ष डा. दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशिला अधिकारी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराम शर्मा, स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।

शिविरमा विशेषगरी पाकिस्तानबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकहरूले स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गरेका थिए। शिविरमार्फत १०० भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण तथा परामर्श गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा थप विशेषज्ञ उपचार आवश्यक देखिएका केही बिरामीहरूलाई उच्चस्तरीय अस्पतालमा रेफर गरिएको आयोजकहरूले बताएका छन्। साथै, आवश्यक औषधिहरू निःशुल्क रूपमा वितरण गरिएको थियो।

कार्यक्रममा पाकिस्तान दूतावासले शिविर सफल बनाउन सहयोग पुर्‍याउने पीएनएएनका चिकित्सकहरू तथा स्थानीय नगरपालिकाप्रति आभार व्यक्त गरेको थियो।

उपप्रमुख सुशिला अधिकारीले नागार्जुन नगरपालिकाका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा पाकिस्तान दूतावास र पीएनएएनलाई धन्यवाद व्यक्त गरिन्।

त्यसैगरी, पीएनएएनका अध्यक्ष डा. दीपक मिश्रले नेपालको स्वास्थ्य क्षेत्रमा पाकिस्तान दूतावासले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै यस्ता पहलहरू निरन्तर रहनुपर्ने धारणा व्यक्त गरे।

स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त शिविरबाट नगरवासी लाभान्वित भएका छन्।

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...