CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

NIMB
Himalayan Bank

 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयासस्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रुपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ।

 

 

यसअन्तर्गत बैंकले सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापीरुपमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु जस्तै– महिलाहरुको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको छ।

 

 

नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका÷नगरपालिकाको समन्वयमा सम्पन्न यस कार्यक्रमअन्तर्गत प्रदेश १ को इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. १, साँखेजुङस्थित वडा कार्यालयको प्राँगण, मधेश प्रदेशको रौतहट जिल्ला, फतुवा विजयपुर नगरपालिक वडा नं. ७ स्थित रौतहट प्राथमिक उपचार केन्द्र, बागमती प्रदेशको दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं. ६ लापिलाङस्थित पारच्याङ स्वास्थ चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

 

 

त्यसैगरी बैंकले गण्डकी प्रदेशको बागलुङ जिल्ला, निसिखोला गाउँपालिका–३, झिवाखोला स्थित बोहोरा गाउँ स्वास्थ चौकी, लुम्बिनी प्रदेशको रोल्पा जिल्ला, रुन्टी गढी नगरपालिका, होलेरीस्थित होलेरी प्राथमिक स्वास्थ केन्द्र, कर्णाली प्रदेशको सुर्खेत जिल्ला, लेकबेसी नगरपालिका वडा नं. ६, कल्याणस्थित कल्याण स्वास्थचौकी र सुदूरपश्चिम प्रदेशका डोटी जिल्ला, जोरायाल नगरपालिका वडा नं. ५ खहडास्थित गडशेरा स्वास्थ चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

 

 

स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन्। स्वास्थ्य शिविरले ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ। बैंकले प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानमा पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ।

 

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी विशेषत ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ।

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...