CG Electronics
IME Life
NIMB

छ महिनामा ब्याजबाट कुन बैंकले कति कमाए ?

NIMB
Himalayan Bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकको खुद ब्याज आम्दानी निकै बढेको छ । ६ महिनाको अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ४२.१६ प्रतिशतले बढेर ८३ अर्ब ३३ करोड ९० लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी ५८ अर्ब ६२ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

२१ वटा वाणिज्य बैंकमध्ये एक वटा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने बाँकी २० वटा बैंकको बढेको छ । ब्याजदर बढेका कारण बैंकहरुको औषत स्प्रेड दर बढेका कारण खुद ब्याज आम्दानी बढेको हो ।

बैंकमा आम्दानीका विभिन्न स्रोत हुन्छन् । जसमध्ये सबैभन्दा महत्वपूर्ण भनेको ब्याज आम्दानी नै हो । पुस मसान्तसम्म कृषि विकास बैंकको ब्याज आम्दानी घटेको देखिएको छ । बैंकको ब्याज आम्दानी ०.३६ प्रतिशतले घटेर ३ अर्ब ७२ करोड ९२ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ७४ करोड २७ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यो अवधिमा हिमालयन बैंकको खुद ब्याज आम्दानी ९०.३८ प्रतिशतले समेत बढेको छ । बैंकको खुद ब्याज आम्दानी ९०.३८ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड ८८ लाख ५३ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब ९१ करोड ६५ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकको ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ रहेको छ । जुन गत आवको पुुस मसान्तको तुलनामा ८५.६३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रहेको थियो ।

यस्तै ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी ३६.४४ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड ३० लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

एनआइसी एशिया बैंकको खुद ब्याज आम्दानी २०.१० प्रतिशतले बढेर ६ अर्ब २९ करोड ५७ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ५ अर्ब २४ करोड १६ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी ३२.७९ प्रतिशतले बढेर ६ अर्ब ६५ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ५२ करोड ३२ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

एनएमबि बैंकको खुद ब्याज आम्दानी ५७.२१ प्रतिशतले बढेर ४ अर्ब २६ करोड ९२ लाख ८८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने २ अर्ब ७१ हजार ५५ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी ३३.६१ प्रतिशतले बढेर ४ अर्ब १ करोड ७८ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार नेपाल बैंकको खुद ब्याज आम्दानी २७.२३ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड ८८ लाख ७४ हजार, एभरेष्ट बैंकको ७२.५५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड २ लाख ४५ हजार, हिमालयन बैंकको ९०.३८ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड ८८ लाख ५३ हजार, प्राइम बैंकको खुद ब्याज आम्दानी २७.९५ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ७० लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै प्रभु बैंकको खुद ब्याज आम्दानी २०.०३ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ८ लाख ८२ हजार, सानिमा बैंकको ४७.१७ प्रतिशतले बढेर ३ अर्ब २१ करोड ५ लाख ७९ हजार, सनराइज बैंकको ५९.२९ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ५७ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...