kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

छ महिनामा ब्याजबाट कुन बैंकले कति कमाए ?

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकको खुद ब्याज आम्दानी निकै बढेको छ । ६ महिनाको अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ४२.१६ प्रतिशतले बढेर ८३ अर्ब ३३ करोड ९० लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी ५८ अर्ब ६२ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

२१ वटा वाणिज्य बैंकमध्ये एक वटा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने बाँकी २० वटा बैंकको बढेको छ । ब्याजदर बढेका कारण बैंकहरुको औषत स्प्रेड दर बढेका कारण खुद ब्याज आम्दानी बढेको हो ।

बैंकमा आम्दानीका विभिन्न स्रोत हुन्छन् । जसमध्ये सबैभन्दा महत्वपूर्ण भनेको ब्याज आम्दानी नै हो । पुस मसान्तसम्म कृषि विकास बैंकको ब्याज आम्दानी घटेको देखिएको छ । बैंकको ब्याज आम्दानी ०.३६ प्रतिशतले घटेर ३ अर्ब ७२ करोड ९२ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ७४ करोड २७ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यो अवधिमा हिमालयन बैंकको खुद ब्याज आम्दानी ९०.३८ प्रतिशतले समेत बढेको छ । बैंकको खुद ब्याज आम्दानी ९०.३८ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड ८८ लाख ५३ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब ९१ करोड ६५ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकको ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ रहेको छ । जुन गत आवको पुुस मसान्तको तुलनामा ८५.६३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रहेको थियो ।

यस्तै ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी ३६.४४ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड ३० लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

एनआइसी एशिया बैंकको खुद ब्याज आम्दानी २०.१० प्रतिशतले बढेर ६ अर्ब २९ करोड ५७ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ५ अर्ब २४ करोड १६ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी ३२.७९ प्रतिशतले बढेर ६ अर्ब ६५ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ५२ करोड ३२ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

एनएमबि बैंकको खुद ब्याज आम्दानी ५७.२१ प्रतिशतले बढेर ४ अर्ब २६ करोड ९२ लाख ८८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने २ अर्ब ७१ हजार ५५ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी ३३.६१ प्रतिशतले बढेर ४ अर्ब १ करोड ७८ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार नेपाल बैंकको खुद ब्याज आम्दानी २७.२३ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड ८८ लाख ७४ हजार, एभरेष्ट बैंकको ७२.५५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड २ लाख ४५ हजार, हिमालयन बैंकको ९०.३८ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड ८८ लाख ५३ हजार, प्राइम बैंकको खुद ब्याज आम्दानी २७.९५ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ७० लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै प्रभु बैंकको खुद ब्याज आम्दानी २०.०३ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ८ लाख ८२ हजार, सानिमा बैंकको ४७.१७ प्रतिशतले बढेर ३ अर्ब २१ करोड ५ लाख ७९ हजार, सनराइज बैंकको ५९.२९ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ५७ लाख ३५ हजार रुपैयाँ रहेको छ ।


सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता गर्दैन : मन्त्री महतो

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता...

वि.सं.२०८० असोज ६ शनिवार २०:३३

काठमाडौं । वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले सरकारले...

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट ऐतिहासिक : प्रधानमन्त्री दाहालको सचिवालय

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट...

वि.सं.२०८० असोज ६ शनिवार २०:३०

  काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका...

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया : घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४८

  काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित सचिव पारस...

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन : ४५ देशका १२ हजार खेलाडि सहभागी

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४५

काठमाडौं । १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु...

गैरसरकारी संस्थाहरुलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्नुपर्छः मन्त्री आचार्य

गैरसरकारी संस्थाहरुलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्नुपर्छः मन्त्री...

वि.सं.२०८० असोज ६ शनिवार १९:४२

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज...