NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ। कम्पनीले यस स्मार्टफोनको आधिकारिक मूल्य रु. ५६ हजार ९९९ निर्धारण गरेको जनाएको छ।

ओप्पो ए सिक्स एस प्रोमा ५० मेगापिक्सेलको ०.६ एक्स १०० डिग्री पीओभी अल्ट्रा–वाइड सेल्फी क्यामेरा रहेको छ, जसले स्पष्ट तथा विस्तृत सेल्फी र ग्रुप फोटो खिच्न सहयोग गर्ने कम्पनीको दाबी छ। स्मार्टफोनमा ६.५७ इन्चको एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा १,४०० निट्ससम्मको ब्राइटनेस उपलब्ध छ।

फोनमा ७००० एमएएच क्षमताको ब्याट्री र ८० वाट सुपरभूक फ्ल्यास चार्जिङ प्रविधि समावेश गरिएको छ, जसले ६१ मिनेटमै पूर्ण चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ। यसमा मिडियाटेक हेलियो जी१०० म्याक्स प्रोसेसर प्रयोग गरिएको छ, जसले मल्टिटास्किङ, गेमिङ तथा मनोरञ्जनका लागि सहज अनुभव प्रदान गर्ने बताइएको छ।

डिभाइसमा आईपी६९के रेटिङसहित पानी तथा धुलो प्रतिरोध क्षमता रहेको छ। साथै, प्रिमियम थ्रीडी डायनामिक ग्लो डिजाइन, ५० एमपी + २ एमपी रियर क्यामेरा प्रणाली तथा लुमिना फरेस्ट र इक्लिप्स ब्लू रङ विकल्पमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

ओप्पोले लन्च अफरअन्तर्गत ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्ट खरिद गर्ने ग्राहकलाई दुई महिनाको रिप्लेसमेन्ट पोलिसी पनि उपलब्ध गराएको छ। यो सुविधा जुलाई ३ देखि अगस्ट २, २०२६ सम्म डिभाइस खरिद गर्ने ग्राहकका लागि लागू हुने जनाइएको छ।

ओप्पो ए सिक्स एस प्रो नेपालभरका आधिकारिक रिटेल स्टोरमा रु. ५६ हजार ९९९ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकले यसलाई ईएमआई सुविधामार्फत पनि खरिद गर्न सक्नेछन्।

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...