सहिद लखन गाउँपालिकालाई एक थान ट्र्याक्टर र हाइड्रोलिक ट्रेलर मनकामना दर्शनको सहयोग
Tuesday Feb 21, 2023
वि.सं.२०७९ फागुन ९ मंगलवार ११:४५
काठमाडौं । मनकामना दर्शन प्रालिले गोरखाको सहिद लखन गाउँपालिकालाई एक थान ट्र्याक्टर र हाइड्रोलिक ट्रेलर सहयोग गरेको छ । आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मनकामना प्रालिले उक्त उपकरण सोमबार गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरेको हो । उक्त ट्र्याक्टर गाउँपालिकाको वडा नं २ र ३ को फोहोर व्यवस्थापनका लागि प्रयोग गरिने जनाइएको छ ।

कम्पनीका तर्फबाट निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई उपकरणहरु हस्तान्तरण गरेका थिए । कुरिनटारमा भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, २, ३ र ४ नम्बर वडाका वडाध्यक्ष, फोहोरमैला व्यवस्थापन समितिका अध्यक्ष साथै कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
























