CG Electronics
IME Life
Ncell NPL

सूर्यज्योति लाइफको एमडिआरटी २०२३ मिट भव्य रुपमा सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्समा आबद्ध भई एमडिआरटी २०२३ का लागि योग्यता पुगेका उत्कृष्ट एजेन्सीहरूको भेला आज काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । देशैभरिका एमडिआरटीमा बिजेताहरूलाई पुनतार्जगी तालिम तथा पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीमा उत्कृष्ट व्यवसाय गरी व्यवसायिक बीमा अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम टिओटी र सिओटी विजेता बन्न सफल बुटवलका कमल प्रसाद घिमिरेलाई बुलेट मोटरसाइकलसहित विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, सिओटी विजेता नेपालगन्जका गौरव कुमार शाहीलाई विशेष सम्मानित गरिएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीले टिओटी विजेता घिमिरेलाई बुलेट मोटरसाइकलको साँचो हस्तान्तरण गरेका छन् भने सिओटी विजेता शाहीलाई विशेष सम्मानसहित पुरस्कार वितरण गरेका छन् । कार्यक्रममा देशैभरिबाट भेला भएका एमडिआरटी बिजेता उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरूलाई कार्यक्रममा सम्मानित गरिएको थियो ।

पुरस्कृत व्यक्तित्वहरुले आजको पुनर्ताजगी तालिम, सम्मान र पुरस्कार वितरणसँगै कार्य क्षेत्रमा खटिन थप हौसला मिलेको प्रतिक्रिया एजेन्सीहरुले व्यक्त गरेका छन् । धुलिखेलस्थित मिरावल होटलमा आयोजित कार्यक्रममा टिआअअ‍ेटी बिजेता घिमिरेले कम्पनीले अभिकर्तालाई प्रोत्साहन गरे झै एजेन्सी तथा अभिकर्ताहरु मेहनतसाथ कार्यक्षेत्रमा खटिन हौसला मिलेको बताए ।

 

त्यस्तै, सिओटी बिजेता शाहीले देशका दुर दराजमा पुगेर बीमाको प्रचार प्रसार गर्ने अभिकर्ता र एजेन्सीहरुलाई कम्पनीले माया गर्नुपर्ने र हौसलासँगै जनताको घर आँगनमा जान थप प्रोत्साहन मिलेको बताए ।

कार्यक्रममा कम्पनीका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश लिएर कार्यक्षेत्रमा सक्रिय हुन सहभागीहरुलाई आग्रह गरेका छन् ।

 

 

 

 

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...