CG Electronics
IME Life
Ncell NPL

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईले गरे उम्मेदवारी घोषणा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

यही चैत २८ र २९ गते हुने उद्योग वाणिज्य महासंघको साधारणसभा र चुनावमा उद्योगी तथा व्यवसायी रामचन्द्र संघाईले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

उद्योगी व्यवसायीलाई सम्बोधन गर्दै संघाईले आफू विगत २० वर्षदेखि महासंघमा रहेको र उद्योगी व्यवसायीका समस्या बुझेको भन्दै वरिष्ठ उपाध्यक्षमा चुनाव लड्नलागेको बताएका हुन्।

संघाई अहिले एसोसिएटतर्फको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापतिका रुपमा वर्तमान अध्यक्ष शेखर गोल्छा नेतृत्वको कार्यसमितिमा काम गरिरहेका छन्।

 

 

उनले भनेका छन्, ‘त्यसैले उद्योगी व्यवसायीका समस्या के छन्, त्यसको समाधान कसरी गर्ने भन्ने बिषयमा म पूर्ण जानकार छु । त्यसैले व्यवसायीको हकहितका पक्षमा निरन्तर लागि पर्ने अठोटसहित महासंघको वरिष्ठ उपाध्यक्षमा मैले उम्मेदवारी घोषणा गरेको छु।’

संघाईले ३ विषयलाई मूल मुद्दा बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। जसअनुसार संगठनात्मक सुधार र समन्वय, कानुन तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल र पैरवी तथा आर्थिक विकास र अर्थतन्त्र सुधारमा जोड दिने उनको प्रतिबद्धता छ।

 

उद्योगी व्यवसायी साथीहरू,

 

यतिबेला हामी नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनको संघारमा छौँ । सातै प्रदेशमा महासंघको नेतृत्व चयन भइसकेको छ । चैत्र २८ र २९ गते काठमाडौँमा आयोजना हुने महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष श्री चन्द्र ढकालज्यू अध्यक्ष बन्नुहुने निश्चित छ । साधारणसभाबाट वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन हुनेछ ।
महासंघको चुनावी चर्चापरिचर्चा सँगसँगै मुलुकमा विद्यमान आर्थिक संकट, उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या र त्यसको समाधान, उद्योगमैत्री वातावरणको निर्माण, महासंघको भावी नीति तथा रणनीति एवं सरकारसँग गर्नुपर्ने पैरवीलगायतका विषयमा समेत छलफलले तीव्रता पाएको छ । लगानी, उत्पादकत्व, रोजगारीलगायत सबै क्षेत्रमा रहेका समस्या र अर्थतन्त्रमा देखिएको मन्दीका विषयमा अहिले सबैको ध्यान केन्द्रीत देखिन्छ ।
साथीहरू यहाँहरूलाई अवगत नै छ, नेपाल उद्योग वाणिज्य महासंघ झण्डै छ दशक लामोे गौरवशाली इतिहास बोकेको ऐतिहासिक संस्था हो ।
मुलुकका सम्पूर्ण उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक, अविभावकीय एवं भरोसायोग्य संस्थाका रूपमा महासंघ स्थापित भएको विदितै छ । २०२२ सालमा यो संघ स्थापित हुँदाको तुलनामा नेपालको अर्थतन्त्र अहिले झण्डै एकसय गुणाले वृद्धि भएर रु ४५ खर्ब पुगेको छ । त्यतिबेला केही हजारको संख्यामा रहेका उद्यमी व्यवसायीको संख्या अहिले १० लाख हाराहारी पुगेको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको लगानी, भूमिका र योगदानको हिस्सा झण्डै ८० प्रतिशतको हाराहारी पुगेको अनुमान छ । यो विस्तारलाई सघाउन महासंघको यसअघिका नेतृत्वले निरन्तर उल्लेख्य योगदान गरेको तथ्य हाम्रा अगाडि छर्लङ्ग छ ।
महासंघलाई आजको अवस्थासम्म ल्याइपु¥याउने पूर्वअध्यक्ष तथा अग्रज सबैको योगदानको म यो महत्वपूर्ण समयमा स्मरण गर्न चाहन्छु । महासंघलाई सबै उद्यमी व्यवसायीहरूको गैरराजनीतिक साझा राष्ट्रिय संस्थाका रूपमा विकसित गर्ने उद्देश्यले अध्यक्षको प्रत्यक्ष निर्वाचन नगर्ने र अघिल्लो कार्यकालमा निर्वाचित वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्षमा पदोन्नति हुने वैधानिक पद्धति हामीले बसालेका छौँ । यो पद्धतिलाई संस्थागत र दीगो बनाउने र क्रमशः वरिष्ठ उपाध्यक्षलगायतका पदमा पनि सर्वसम्मतिको अभ्यासलाई विस्तार गर्दै लैजानु श्रेयस्कर हुनेछ भन्ने मैले महसुस गरेको छु । निर्वाचनभन्दा सहमतिकै बाटोबाट अघि बढ्न सकेमा सुनमा सुगन्ध हुने छ । निर्वाचन नै भएको खण्डमा पनि त्यसलाई स्वस्थ र मित्रवत् प्रतिस्पर्धाका आधारमा अघि बढाऔँ भन्ने मेरो मान्यता रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुरुप सातै वटा प्रदेशमा प्रदेशिक एकाइ निर्माण गरी काम गर्दै आइरहेको विदितै छ । संघीयताको अभ्यास अनुरुप तीन तहका सरकारसँग समन्वय गरी काम गर्नुपर्ने आवश्यकतालाई महशुस गरेर हामीले उद्योग वाणिज्य महासंघको संरचनालाई पनि सोही अनुरुप परिचालन गर्दै आइरहेका छौँ । नेपाल उद्योग वाणिज्य महासंघको विरासतलाई अझ उँचो राख्न तथा मुलुकभर उद्यम व्यवसायको विस्तार र संरक्षणमा योगदान गर्न थप सक्षम बनाउन प्रदेश च्याप्टरहरूको भूमिका थप बढाउन जरुरी छ भन्ने मैले महशुस गरेको छु । यसका लागि प्रदेश सचिवालयहरूलाई सुदृढ र सक्षम बनाउन एवं केन्द्र, प्रदेश, जिल्ला तथा नगर बीच समन्वय र तालमेल मिलाउनु आवश्यक छ ।
व्यावसायिक हकहितका कार्यलाई अघि वढाउन महासंघको सशक्तताका लागि प्रदेश च्याप्टरहरूलाई थप सबल र सक्षम बनाउँदै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई समेत सबलीकरण गर्ने प्रयासलाई थप तीव्र बनाउनु जरुरी छ । आज सबैले खोजेको समृद्धिको चाहना पूरा गर्न महासंघले सरकारको सहकार्यमा मुलुकको आर्थिक विकासको समग्र प्रयास अघि बढाउनु आवश्यक छ ।
विभिन्न संकटका बीचमा पनि उद्योगी व्यवसायीको हक, हित प्रवद्र्धन र महासंघको सस्थागत सुधारमा वर्तमान अध्यक्ष श्री शेखर गोल्छाज्यूको नेतृत्व अत्यन्त सफल रहेको छ । सबैलाई समेटेर लैजान सक्ने, सरकारसँग व्यवसायीका समस्यालाई जोडदार ढंगले राख्न सक्ने र सहकार्यको संस्कार अघि बढाउन सक्ने सफल नेतृत्वकर्ताका रूपमा हामिले गोल्छाको भूमिकाको स्मरण गरिरहेका छौँ । गोल्छाकै नेतृत्वमा हामीले भिजन २०३० अघि सारेर त्यसलाई सरकारले समेत अनुमोदन गरी अघि बढाइरहेको अवस्था छ । महासंघको संरचनागत र संस्थागत सुधारमा समेत धेरै प्रयास भएका छन् ।
भिजन २०३० ले अघि सारेको ‘सम्मानित निजी क्षेत्र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न अब महासंघ जुट्नुपर्ने भएको छ । श्रमिक र रोजगारदाताबीच आपसी सम्बन्ध सुमधुर बनाउँदै उत्पादन बढाउने, ब्याजदर स्थिर राख्ने, पूर्वाधारको विकास तथा विद्युतीय ऊर्जालाई सस्तो मुल्यमा २४ सै घण्टा आपूर्ति हुने वातावरण तयार गर्ने एवं साना तथा मझौला व्यवसायीलाई विना धितो कर्जा उपलब्ध गराएर उद्यमशीलताको विकास गर्ने भिजन २०३० को कार्यान्वयन नै अबको महासंघको नयाँ नेतृत्वको मूल प्राथमिकता हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।
अहिले ४५ खर्ब हाराहारीमा रहेको नेपालको अर्थतन्त्रलाई २०३० सम्म एक सय खर्ब पु¥याउने गरी भिजन २०३० ले निर्धारण गरेको लक्ष्य प्राप्तिका लागि सरकार र निजी क्षेत्रको सहकार्य अघि बढ्न सकेमा निश्चय पनि आर्थिक समृद्धिको चाहना पूरा हुनेछ ।
महासंघकै पहलमा सरकारले स्टार्टअप बिजनेश लाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । भर्खरैमात्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको छ । स्टार्टअपले सहुलियतपूर्ण ब्याजमा र बिना धितो कर्जा पाउने बाटो खुलेको छ । कार्यविधि कार्यान्वयनमा आएसँगै अब सरकारले तोकेको मापदण्डमा परेका स्टार्टअपले अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बिना धितो कर्जा पाउनेछन् । यसले उद्यमशीलता विकासमा थोरै भएपनि टेवा पुग्ने विश्वास मैले लिएको छु ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...