CG Electronics
IME Life
Ncell NPL

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित हाम्रो बालापन नेपाल का अध्यक्ष मथुरा थापा द्वारा लिखित “कोमल अभिभावकत्व” पुस्तकको विमोचन तथा सम्मान कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा अभिभावक, शिक्षाविद्, मनोविद् तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त पुस्तकको विमोचन प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य डा. धनञ्जय रेग्मी द्वारा गरिएको हो। कार्यक्रममा बोल्दै उनले बालबालिकाको मानसिक स्वास्थ्यप्रति अभिभावक सचेत हुनुपर्नेमा जोड दिए। सामान्य तनावले समेत बालबालिकामा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै उनले माया, ममता र सकारात्मक व्यवहार आवश्यक रहेको बताए।

कार्यक्रममा मनोविद् डा. गङ्गा पाठक ले बालबालिकाको भावनात्मक विकासमा अभिभावकको भूमिका निर्णायक हुने बताइन्। डर र दबाबभन्दा संवाद, सहानुभूति र समझदारीमार्फत बालबालिकालाई मार्गदर्शन गर्नुपर्ने उनको धारणा थियो।

साहित्यकार डा. बिदुर चालिसे ले पुस्तकले अभिभावकलाई सही व्यवहार सिकाउने विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघ का उपाध्यक्ष उमिदप्रसाद बागचन्द, नेपाल प्रेस काउन्सिल का सदस्य शान्तराम बिडारी, महासंघका अध्यक्ष शोभा अर्याल तथा प्याब्सन ललितपुरका अध्यक्ष अर्जुन महर्जन लगायतले पुस्तक उपयोगी रहेको बताए।

लेखिका मथुरा थापा ले बालबालिकासँग सम्बन्धित आफ्नो दीर्घ अनुभवलाई पुस्तकमा समेटिएको जानकारी दिइन्। देशभर भ्रमणका क्रममा देखिएका व्यवहारिक समस्या, चुनौती र समाधानका उपायहरू समावेश गरिएको उनको भनाइ थियो।

कार्यक्रममा समाजसेवा, पत्रकारिता तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। मनोविद् डा. गंगा पाठक, राष्ट्रिय समाचार समिति का पत्रकार प्रकाश सिलवाल तथा फोटो पत्रकार पासाङकाजी शेर्पा लगायतलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमले अभिभावकत्वको बदलिँदो स्वरूप, बालबालिकाको मानसिक तथा भावनात्मक विकासमा आवश्यक संवेदनशीलता र सकारात्मक सोचको महत्व उजागर गरेको सहभागीहरूको भनाइ थियो। “कोमल अभिभावकत्व” पुस्तकले अभिभावकलाई व्यवहारिक मार्गदर्शन दिँदै बालमैत्री समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...