CG Electronics
IME Life
NIMB

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आकर्षक र अत्याधुनिक इलेक्ट्रिक एसयूभी ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

नेपाली सडकमा यसअघि नै १ हजार ५ सयबढी गुडिसकेको ओमोडा इ५ को अभूतपूर्व सफलतालाई निरन्तरता दिँदै यो नयाँ संस्करण भित्र्याइएको हो।

उत्कृष्ट प्रविधि, प्रिमियम विशेषता र परिमार्जित ड्राइभिङ अनुभवसहित आएको यो नयाँ मोडलले आधुनिक नेपाली ग्राहकको बदलिँदो चाहना र आवश्यकतालाई उच्च प्राथमिकता दिएको छ।

बजारमा आउने बित्तिकै यसले आफ्नो भविष्यमुखी डिजाइन, उत्कृष्ट रेन्ज र उच्च ग्राउन्ड क्लियरेन्सका कारण देशकै सर्वाधिक लोकप्रिय र सफल इलेक्ट्रिक गाडीमध्येको एक बन्ने बलियो संकेत देखाएको छ ।

यस नयाँ गाडीमा ५० दशमलव ७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले २८८ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्दछ।

एक पटकको पूर्ण चार्जमा यसले ३५० किलोमिटर सम्मको यात्रा तय गर्न सक्ने प्रमाणित रेन्ज प्रदान गर्दछ। नेपालका विभिन्न र असन्तुलित सडक अवस्थाहरूलाई मध्यनजर गर्दै यसमा १९१ मिलिमिटरको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स दिइएको छ।

गाडीको बाहिरी बनावटलाई अझ बढी स्पोर्टी र प्रिमियम लुक्स दिनका लागि १८ इन्चका अत्याधुनिक अलोय ह्विलहरू समावेश गरिएको छ, जसले सडकमा यसको उपस्थिति बलियो र आकर्षक बनाउँछ।

बाहिरी र भित्री बनावटको कुरा गर्दा यो गाडी ओमोडाको विशेष भविष्यमुखी डिजाइन दर्शनमा आधारित छ।

यसको अग्रभागमा आकर्षक फ्रन्ट फेसिया, हावाको बहावलाई सन्तुलन गर्ने एरोडायनामिक प्रोफाइल र रोबदार फ्यान्टम विङ टेललाइटहरू रहेका छन्, जसले गाडीलाई सडकमा गुड्दा निकै शक्तिशाली र आधुनिक देखाउँछ।

गाडीको भित्री भागमा चालक र यात्रुलाई विलासी अनुभूति गराउन प्रिमियम क्याबिन, आधुनिक इलेक्ट्रिक सनरुफ र उच्च गुणस्तरका भित्री सामग्रीहरूको प्रयोग गरिएको छ।

साथै, चालकको आरामका लागि मसाज सिट, उत्कृष्ट आवाजका लागि ८ वटा सोनी स्पिकर सहितको विशेष अडियो प्रणाली र सूचना तथा मनोरञ्जनका लागि १५।६ इन्चको ठूलो वाइडस्क्रिन डिस्प्ले जडान गरिएको छ।

सुरक्षाका दृष्टिकोणले यो गाडी अत्यन्तै भरपर्दो र सुरक्षित रहेको छ। यसमा चालक र यात्रुको पूर्ण सुरक्षाका लागि १९ भन्दा बढी अत्याधुनिक र स्वचालित चालक सहायक प्रणालीका विशेषताहरू समावेश गरिएका छन्।

यसका साथै गाडीको वरिपरि पूर्ण रूपमा निगरानी राख्न मद्दत गर्ने ५४० डिग्री सराउन्ड भ्यु क्यामरा प्रणाली उपलब्ध छ, जसले कठिन सडक वा पार्किङ गर्दा चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्दछ।

नेपाली बजारका लागि यस नयाँ ओमोडा इ५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरियन्टका लागि नेपाली रुपैयाँ ५१ लाख ९९ हजार र ड्युअल टोन भेरियन्टका लागि नेपाली रुपैयाँ ५२ लाख ९९ हजार निर्धारण गरिएको छ।

गाडी सार्वजनिक भएको विशेष अवसरमा कम्पनीले सुरुवाती ५० जना ग्राहकहरूका लागि मात्र लागू हुने गरी नेपाली रुपैयाँ ४९ लाख ९९ हजारको विशेष आकर्षक मूल्य घोषणा गरेको छ। यसका साथै ती सुरुवाती ग्राहकहरूले एक वर्षको निःशुल्क अटो प्लस बिमा सुविधा समेत पाउनेछन्।

यो नयाँ मोडल अहिले देशैभरिका आधिकारिक शोरुमहरूमा बुकिङ तथा सोधपुछका लागि उपलब्ध भइसकेको वितरक कम्पनीले जनाएको छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...