CG Electronics
IME Life
Ncell NPL

सनराइज् बैंकले नेपाल प्रहरी विद्यालयहरुलाई दियो करिब ७० लाखको छात्रवृति

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । सनराइज् बैंकले बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रु.६,९८०,६३४ छात्रवृति रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल र नेपाली जनताको लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त, अमर शहिद एवम् अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्र्थीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न सहयोग स्वरुप छात्रवृति प्रदान गरेको छ ।

नेपाल प्रहरीे प्रधान कार्यलय नक्शालमा बुधबार भएको सम्झौता हस्ताक्षर समारोहमा बैंकबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक श्री रविन कुमार नेपाल, नेपाल प्रहरीका महानिरिक्षक श्री बसन्त बहादुर कुंवर, नेपाल प्रहरीका विशिष्ट व्यक्तित्वहरु तथा बैंकबाट उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सन्राइज बैंक – नेपाल प्रहरी शैक्षिक छात्रवृति सम्बन्धी समझदारी पत्र हस्ताक्षर र हस्तान्तरण समारोहमा सन्राइज बैंकबाट नायब महाप्रबन्धक श्री रविन कुमार नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक श्री केदार ढकालले छात्रवृति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

 

यस छात्रवृति कार्यक्रमले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययन गरिरहेका नेपाल प्रहरीका जेहेन्दार छोराछोरीलाई अझ अघि बढ्नको लागि थप प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले जनाउनु भयो ।

 

संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदैं सन्राइज बैंकले देशव्यापी रुपमा शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षयरता, वातावरण संरक्षण लगायतका विषयमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष मात्र १५० भन्दा बढी कार्यक्रमहरु गरेको जनाएको छ ।

 

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

नेपाल लाइफको २५औँ वर्षमा बीमालेख नवीकरणमा विलम्ब शुल्क पूर्ण छुट

नेपाल लाइफको २५औँ वर्षमा बीमालेख नवीकरणमा विलम्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०७:४७

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको...

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा,...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९...