महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा
Sunday Apr 30, 2023
वि.सं.२०८० वैशाख १७ आइतवार १८:३२
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७७र२०७८ को लागि नयाँ बोनसदर घोषणा गरेको छ ।
कम्पनीको आर्थिक आर्थिक वर्ष २०७७र२०७८ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएको बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० बैशाख १५ गतेको पत्र मार्फत स्वीकृत भई २०७७र ७८ को लागि कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ४० देखि ५२ रुपैयाँसम्म घोषणा गरेको हो ।
























