CG Electronics
IME Life
Ncell NPL

नेपोभिट टाईल्सको पहिलो वर्ष समिक्षा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

नेपोभिट टाईल्सको पहिलो वार्षिक उत्सव समारोह सु सम्पन्न भएको छ। सम्मानीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि श्री रमेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा पूर्व महान्यायाधिवक्ता श्री रमण प्रसाद श्रेष्ठ , महानायक श्री राजेश हमाल र विभिन्न संघ संस्थाका अधिकारीहरुको उपस्थितिमा सो समारोह सम्पन्न गरिएको हो।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपोभिट टाईल्सका प्रबन्ध निर्देशक श्री मनोज रौनियारले नेपोभिट टाईल्सलाई साथ सहयोग पुर्याउनु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै नेपोभिट टाईल्सको एक वर्षको चुनौती तथा सम्भावनाहरुको बारेमा जानकारी गराउंदै नेपोभिट टाईल्स अझै बृहत र विस्तृत ढंगमा प्रस्तुत हुँदै चाँडै नै नयाँ फ्लोर तथा वाल टाईल्सहरु बजार भित्राउने जानकारी गराउनु भयो।

त्यसैगरी, अधक्ष्य शम्भुनाथ झाले नेपोभिटले एक वर्षमा भोग्नुपरेको विविध समस्याहरु पनि व्यक्त गरेका छन् । सरकार लाई सम्बोधन गर्दै कच्चा पदार्थ उत्खनन् र ढुवानी सम्बन्धि स्पष्ट ऐन कानुन नहुनाले लागत रकम भन्दा बढी तिरेर अथवा छिमेकी मुलुकबाट चर्को शुल्क तिरेर कच्चा पदार्थ ल्याई उद्योग संचालन गर्नु परेको विषयमा जानकारी गराउनु भयो।

त्यसैगरी, बारम्बार अघोषित लोडसेडिङको मार खेप्नु परि रहेकोले डिजेल खरिद गरी उद्योग संचालन गर्न वाध्य हुँदा समग्र उत्पादन तथा उत्पादन प्रक्रियामा नै मूल्य बढेको गुनासो पनि राख्नु भयो। सरकारले लागत कर तोकिदिदा पनि भन्सारबाट सामान छुटाउनलाई विभिन्न वाधा अड्चन आइपर्ने र पटक पटक तोकिएको भन्दा ३० प्रतिशत सम्म बढी शुल्क अशुल भएको कुरा पनि राख्नु भयो।
सोही कार्यक्रममा उद्योगमा विगत एक वर्ष देखि सामना गर्नु परेका चुनौतीहरु विस्तारमा उल्लेख गर्दै उद्योग स्थापना गर्न जग्गा नपाइने र पाए पनि जग्गा पास गर्न सरकारी संयन्त्रबाट केही साथ सहयोग नपाइएको गुनासो गर्नु भयो।

ढुवानीको हकमा प्रमुख सडक संजाल बाट उद्योग सम्म बाटो लैजान खोज्दा स्थानीयले तोकिएको भन्दा धेरै मुआब्जा माग गर्दा पनि सरकारको ध्यानाकर्षण नभएको कुरा व्यक्त गर्नु भयो। त्यसका साथै बाह्य लेबर यूनियनले पटक पटक सुविधाहरु माग गरी उद्योग बन्द गर्दा उद्योग संचालनमा कठिनाई भएको कुरा पनि जानकारी गराउनु भयो।

बाराको जितपुरमा अवस्थित रहेको नेपोभिट टाईल्स नेपालको पहिलो र एकमात्र टाईल्स कम्पनी हो। २०७९ सालमा स्थापित यस कम्पनीले घरायसी तथा व्यवसायिक प्रयोजनका लागि नेपालमै अन्तराष्ट्रिय स्तरको टाईल्स उत्पादन गर्दै आएको छ।

 

 

 

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५७

  चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश...

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:१३

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ...

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:११

  काठमाडौं, वैशाख — ICT Foundation Nepal ले ५० भन्दा...

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५५

  काठमाडौं, वैशाख ११ — Nabil Bank Limited ले पछिल्ला...

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५०

  काठमाडौँ । ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा...

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को चपेटामा देश—ड्युल इन्भर्टर एसीतर्फ बढ्दो आकर्षण

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:४४

काठमाडौँ । नेपालका विभिन्न भू-भागमा तापक्रमले रेकर्ड तोडिरहेको छ। तराईमा...