CG Electronics
IME Life
Ncell NPL

टाटा मोटर्स्को नयाँ शोरुम अब भक्तपुरमा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्राहकहरुको विशेष सेवाको लागि भक्तपुरमा नयाँ शोरुमको सुभारम्भ गरेको छ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्र द्वारा संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गर्नुभयो । नयाँ शोरुम उद्घाटन सँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् । ग्राहकहरुलाई विक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्य स्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् ।


नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणाले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरुलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताउनुभयोे । साथै उक्त नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जानकारी गराउनुभयो ।

सोही अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरु थप्दैे लगेकोे कुरा व्यक्त गर्नुभयो । उहाँले ग्राहकहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमहरुको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले ग्राहकहरुलाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवाप्रदान गर्ने कुरामा आपूmहरु विश्वस्त भएको कुरा समेत जानकारी गराउनुभयो ।

उहाँले अब नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरु सहित सुविधा सम्पन्न विद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरु सुलभ रुपमा ग्राहकहरु सम्म पहुच हुने कुरा समेत व्यक्त गर्नुभयो ।ग्राहकहरुको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्सले उनीहरुको चाहना एवं माग अनुरुप कार्य गर्न सदा तत्पर छ । निकट भविष्यमा पनि विभिन्न ब्राण्डहरु सहित ग्राहकहरुलाई विशेष अनुभूति प्रदान गरि उच्चस्तरीय सेवाका लागि टाटा मोटर्स् सदा प्रतिबद्ध रहेको कुरा सिप्रदी टेड्रिङ्ग प्रा.लि. ले स्पष्ट पारेको छ ।

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:१३

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ...

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:११

  काठमाडौं, वैशाख — ICT Foundation Nepal ले ५० भन्दा...

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५५

  काठमाडौं, वैशाख ११ — Nabil Bank Limited ले पछिल्ला...

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५०

  काठमाडौँ । ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा...

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को चपेटामा देश—ड्युल इन्भर्टर एसीतर्फ बढ्दो आकर्षण

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:४४

काठमाडौँ । नेपालका विभिन्न भू-भागमा तापक्रमले रेकर्ड तोडिरहेको छ। तराईमा...

बीमकको आन्तरिक लेखापरीक्षण सुधारका लागि सुझाव संकलन

बीमकको आन्तरिक लेखापरीक्षण सुधारका लागि सुझाव संकलन

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:३९

  ललितपुर, वैशाख १० — Nepal Insurance Authority (नेपाल बीमा...