CG Electronics
IME Life
Ncell NPL

भारतीयलाई नेपाली नागरिकता बनाई दिने २६ विरुद्ध पक्राउ पुर्जी जारी

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाई दिएको अभियोगमा जिल्ला अदालत सप्तरीले २६ अभियुक्त विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालत सप्तरीका अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमार राम, असई महेन्द्रप्रसाद चौधरी, राजविराज नगरपालिकाका–११ का वडा अध्यक्ष उदितनारायण यादवसहितका २६ अभियुक्त विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला अदालत सप्तरीका सुचना अधिकृत भरतमणी पोखरेलले भारतीय नागरिकलाई नेपाली नागरिकता बनाई दिने धन्दामा संलग्न अभियुक्त विरुद्ध अदालत समक्ष पक्राउ पुर्जी जारी भएको बताए बताए ।
उनले भने,‘भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउने धन्दामा सरकारका कर्मचारीसहितका व्यक्ति संलग्न भएको देखियो । अनुसन्धानका लागि पक्राउ गर्नु पर्ने देखियो ।

त्यसो हुँदा उनीहरु विरुद्ध प्रहरीले अदालत समक्ष पक्राउ पुर्जी माग गरेको थियोे । उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । पुर्जी बिहान १० बजे भित्र प्रहरी कार्यालयमा पुगिसक्छ ।’

झुटो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक सतिश यादव र सूर्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेका थियो ।

उनीहरुलाई जिल्ला अदालत सप्तरीले १ जेठमा एक–एक लाख रुपैयाँ धरौटीमा छाडिसकेको छ । प्रहरीका अनुसार सतिशले २१ फागुन ०७९ मा नेपाली नागरिकता लिएका थिए । उनी हजुरबुबा सूर्यनारायणसँगै राजबिराज बस्दै आएका थिए । उनले हजुबुबालाई बुबा बनाएर नेपाली नागरिकता लिएका थिए ।

धन्दामा जिप्रका सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमारसहित जिल्ला प्रहरी कार्यालयका असई महेन्द्रप्रसाद र अन्य तीन प्रहरी, राजविराज नगरपालिका ११ का वडाध्यक्ष उदितनारायण,वडा सचिव हरिनारायण यादव संलग्न रहेको प्रहरीको भनाई छ । प्रहरीले गत ३१ बैशाखमा उनीहरु विरुद्ध मुद्या दायर गरेको थियो ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...