NADA AUTO SHOW -2026
IME Life
NIMB

एभरेष्ट म्याराथनको उपाधि सुमन र मञ्जुलाई, १३५ विदेशी खेलाडी सहभागी

NIMB
leapmotornepal (citroen)

 

नाम्चे । तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको १९ औ सस्करणको ४२ किमीको पुरुष तर्फको उपाधि सुमन कुलुङ राइले जितेका छ्न।

हिमालय एक्सपिडिसन्स्को आयोजनामा सम्पन्न म्याराथनमा राइले निर्धारित सगरमाथा आधार शिविरदेखि नाम्चे बजारसम्मको दूरी ३ घन्टा ४८ मिनेट ५४ सेकेन्डमा पूरा गरि तेन्जिङ हिलारि एभरेस्ट म्याराथनको उपाधि जितेकी हुन्।

राइले जित सङै १ लाख ५० हजार रुपैया प्राप्त गरेका छ्न।
यस्तै दलबहादुर कुवरले ३ घन्टा ५७ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै दोश्रो भए । कुवरले ८५ हजार रुपैया पुरस्कार पाए । उमेश राइले ४ घन्टा २ मिनेट ३ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए । उनले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

महिला तर्फको म्याराथनको उपाधि कर्णालीकी मन्जु रावतले जितेकी छिन। रावतले ५ घन्टा २८ मिनेट्मा पूरा गरेकी हुन । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन। यस्तै सो दूरी ५ घन्टा २८ मिनेट ३६ सेकेन्ड्मा पूरा गरी लाक्पा निग्मा शेर्पा दोश्रो भइन । उनले ८५ हजार रुपैया पुरस्कार पाइन । दिल कला कुलुङ्ले ५ घन्टा ३१ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गरि तेश्रो भइन । उनले ७५ हजार रुपैया पुरस्कर पाइन।

उता २१ किमीको खुल्ला तर्फको हाफ म्याराथनको उपाधि भारतकी सम्झना राईले जितिन । राइले निर्धारित दूरी ३ घन्टा १९ मिनेट ४८ सेकेन्डमा पूरा गरिन । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन। अस्ट्रेलियाकी इमा विलियम्सले सो दूरी ३ घन्टा २१ मिनेट ४१ सेकेन्डमा पूरा गरि दोश्रो भइन ।

विलियम्सले ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन। यस्तै रसियाका अलेक्जेन्दर बुर्टसेभले ३ घन्टा २३ मिनेट ५४ सेकेन्डमा पूरा गरि तेस्रो स्थान हात पार्दै ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
उता ७० किलोमीटरको अल्ट्रा म्याराथनमा नेपाली धावकहरुले जित निकालेका छ्न । तीर्थबहादुर तामाङले निर्धारित दूरी ८ घन्टा ३८ मिनेट ९ सेकेन्डमा पूरा गरी प्रथम भए ।

उनले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। यस्तै तिलक बहादुर सुनुवारले ९ घन्टा २ मिनेट ३१ सेकेन्डमा सो दूरी पूरा गरी दोश्रो भए । उनले १ लाख रुपैयाँ पुरस्कार पाए । तेस्तै किरण कुलुङ राइले ९ घन्टा २६ मिनेट ३८ सेकेन्ड मा पूरा गरि तेस्रो भए । उनले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

बिदेशी खेलाडी तर्फको म्याराथनमा अमेरिकाका टेट पोलम्यानले ४ घन्टा ४७ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भए । सो दूरी ६ घन्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गरी अष्ट्रेलियाका किरा बसमन्नो दोश्रो स्थानमा आउँदा बेलायतका म्याथु विलियम चिन तेश्रो भए । उनले सो दुरी ६ घन्टा ३० मिनेट ४३ सेकेन्डमा पूरा गरे।

बिजेताहरुलाइ आयोजक सस्था हिमालय एक्सपिडिसन्स का सस्थापक अध्यक्ष बिक्रम पाँडेकाजी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

विश्वको सर्बोच्च स्थानमा आयोजना हुने यो एकमात्र म्याराथन रहेको र यस पटकको म्याराथनमा नेपाल सहित २८ देशका २०४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।सहभागी मध्ये नेपाली ६९ र १३५ बिदेशी रहेको म्याराथनका रेस डाइरेक्टर शिखर पाँडेले बताए।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...