IME Life
NIMB

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छ, अध्यक्ष ढकाल

NIMB
Himalayan Bank

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रबाट सञ्चालन हुने उद्योग, व्यवसाय वा अन्य विकासका पूर्वाधारमा राज्यका सबै अंगबाट अपनत्व लिई सहजीकरण तथा उत्प्रेरणा प्रदान गर्न सकेमा छोटो समयमै विकास र सम्मृद्धि हासिल गर्न सम्भव रहेको बताउनुभयो ।

 

शुक्रबार वीरगञ्जमा आयोजित औद्योगिक प्रवद्र्धन कार्यक्रम तथा मधेश सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले राज्य तथा यसका हरेक निकायबाट निजी क्षेत्रलाई पार्टनरको रुपमा लिनुपर्ने समेत बताउनुभयो ।

 

छोटो समयमा दक्षिण पूर्वी एशियाली मुलुक मेलेशियाले हासिल गरेको विकास र सम्मृद्धिको उदाहरण दिँदै ढकालले भन्नुभयो, “निजी क्षेत्रले अगाडि बढाउने हरेक आयोजनामा तीन वटै तहका सरकार तथा राज्यका अन्य निकायबाट हुने सहजीकरणले निजी क्षेत्रलाई थप लगानी गर्न, थप रोजगारी सृजना गर्न र थप राजश्व बुझाउन मद्दत पुग्ने हो । विकास र सम्मृद्धि हासिल हुने हो ।”

 

उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रले सञ्चालन गर्ने उद्योग वा कुनै पनि पूर्वाधार आयोजनालाई हाम्रो पार्टनरसिपको आयोजना हो भन्ने गरी सहयोग र सहजीकरण गर्नुप¥यो । राज्यले निजी क्षेत्रलाई पार्टनरको रुपमा लिनुप¥यो । त्यस्ता आयोजना हामी सबैका साझा सम्पत्ति हुन् भनेर सबै निकायबाट अपनत्व लिनुप¥यो ।”

 

तर, नेपालमा क्याबिनेटबाट भएका निर्णयहरु समेत कार्यान्वयन हुन नसकेको अवस्था छ । त्यसले केन्द्रदेखि स्थानीयतहसम्मको प्रकृयालाई सरलीकरण गर्नुपर्ने आवश्यकता रहेको छ, उहाँले भन्नुभयो ।

 

मधेश प्रदेशमा रहेका सम्भावित आयोजनाको पहिचान गर्न स्थानीय सरकार तथा व्यवसायीहरुलाई आग्रह गर्दै ढकालले त्यस्ता आयोजनामा पुँजी र प्रविधिको लागि निजी क्षेत्रको तर्फबाट तथा व्यक्तिगत तर्फबाट आफूले पहलकदमी लिने बताउनुभयो ।

“स्थानीयतह तथा यहाँका व्यवसायी साथीहरुले यस प्रदेशमा रहेका व्यवसायिक सम्भावना भएका आयोजनाहरुको पहिचान गर्नुहोस् । त्यस आयोजनालाई अगाडि बढाउन आवश्यक पर्ने पुँजी र प्रविधि जुटाउने र त्यसलाई निर्माण गरी सञ्चालन गर्न निजी क्षेत्रको तर्फबाट म तयार छु,” उहाँले भन्नुभयो ।

 

नेपालको पर्यटन क्षेत्रको समग्र विकासका लागि केबलकार धार्मिक पर्यटन सर्किट निर्माण गर्न सकिने बताउँदै उहाँले यसले पूर्वदेखि पश्चिमसम्म नै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

 

“अहिले बेला बेलामा विभिन्न किसिमका पर्यटन सर्किटका कुरा उठ्ने गरेका छन् । तर मैले नेपालको पुरै क्षेत्रलाई समेट्ने गरी केवलकार धार्मिक पर्यटन सर्किटको प्रस्ताव गरेको छु । यसले पूर्वदेखि सुदुरपश्चिमसम्म समेट्न सक्छ । अहिले सिमित क्षेत्रमा केन्द्रित रहेको पर्यटनलाई विकेन्द्रित गर्ने र नयाँ नयाँ गन्तब्यहरु निर्माणमा सहयोग पुग्न सक्छ,” उहाँले भन्नुभयो ।

 

पर्यटन क्षेत्रले पर्यटक र विदेशी मुद्रा भित्र्याउने मात्र नभई विभिन्न क्षेत्रसँग जोडिएका सानादेखि ठूलासम्म अनेकन व्यवसायलाई सहयोग पुग्ने हुँदा पर्यटन क्षेत्रको पवद्र्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

 

उहाँले अहिलेको पर्यटक बसाई र उनीहरुको दैनिक खर्चलाई दोब्बर गर्न नयाँ नयाँ पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

 

पछिल्लो समय नेपाल–भारत सिमा क्षेत्रदेखि नजिक रहेका नेपालका हिल स्टेसनहरु भारतीय पर्यटकहरुको रोजाइका नयाँ गन्तब्य बन्ने गरेको बताउँदै ती हिल स्टेसनहरुको प्रवद्र्धनमा विशेष कार्यक्रम बनाउन तीनवटै सरकारलाई आग्रह गर्नुभयो ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...