उरुग्वे पहिलो पटक यू–२० विश्वकप उपाधि जित्न सफल
Monday Jun 12, 2023
वि.सं.२०८० जेठ २९ सोमवार ०९:४८
काठमाडौं । फिफा २० वर्षमूनीको विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ ।
छिमेकी अर्जेन्टिनामा भएका सोमबार बिहान भएको फाइनलमा इटलीलाई १–० ले पराजित गर्दै उरुग्वेले पहिलो पटक यू–२० विश्वकप जितेको हो ।
उरुग्वेका लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गरेको गोल नै उरुग्वेलाई उपाधि जिताउन निर्णायक बन्यो ।
यसअघि १९९७ र २०१३ मा उपविजेता बनेको उरुग्वे तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो।
अर्जेन्टिनाले सर्वाधिक ६ र ब्राजिलले ५ पटक यू–२० विश्वकप जितेका छन् ।


























