IME Life
NIMB

सूर्यविनायकमा घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुँदैछ

NIMB
Himalayan Bank

 

भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन तथा बायोब्यगस् नेपालको प्रायोजनमा यही असार १५, १६ र १७ गते तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुँदैछ ।

सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको घरेलु तथा साना उद्योग, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन सँगसँगै उद्योगी व्यवसायीहरुलाई सीधै उपभोक्ता तथा बजार र आधुनिक प्रविधि तथा अनलाइन मार्केटिङसम्म पहुँच पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा घरेलु उद्योगका परम्परागत तथा मौलिक उत्पादन, सीप उजागर गरिनेछ ।

त्यस्तै कृषि र पर्यटनका क्षेत्र मार्फत सूर्यविनायक नगरपालिकाको समग्र विकासमा खेल्न सकिने भूमिकाबारे छलफल, विचार विमर्श र अन्तरक्रिया हुनेछ । जसले समग्र सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्नेछ।

मेलाका आकर्षणहरु स् भक्तपुरका लघु घरेलु, साना उद्यमी एवं महिला उद्यमीका उत्पादनहरु, स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यवसायीहरु, स्थानीय मौलिक उत्पादनहरु जु जु धौ, ताइचिन चिउरा, कालो भादगाउँले टोपी, माटाका भाँडा कुँडाका उत्पादन, कृषि उत्पादन तथा उपज र प्रविधि, हस्तकलाका उत्पादनहरु, काष्ठकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु, मौलिक नेवारी खाजास् सम्हेबजी, योमरी, चतामरी, बारासहितको फुड फेस्टिभल, मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुत, स्थानीय गायक गायिकाहरुको म्युजिक फेस्टिभल। मेलामा ९० वटा स्टल रहनेछन् ।

मेलावाट स्थानीय उद्योगी व्यवसायीहरुको बजार तथा उपभोक्ता सञ्जाल विस्तार हुने बिश्वास लिएको छु । त्यस्तै स्थानीय मौलिक उत्पादन तथा वस्तु, उद्योग सूर्यविनायक नगरपालिकाकोे स्थानीय, प्रादेशिक, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन भई यस मार्फत पर्यटन उद्योगमा जोड्न सघाउ पुग्ने विश्वास गरेको छु।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...