IME Life
NIMB

प्रभु लाइफद्वारा घरमै पुगेर बीमा दावी भुक्तानी

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरको छ । कम्पनीको इलाम शाखाले मृत्यू दावी अन्तर्गतको पाँच लाख ४३ हजार रकम बीमित परिवारको घरैमा पुगेर शुक्रबार हस्तान्तरण गरेको छ ।

कम्पनीको इलाम शाखाका बीमित ठाकुर याक्खा गत सालको वाढी पहिरोमा परि बेपत्ता भएपछि कम्पनिले दुर्घटनाबाट मृत्यु भएको मान्दै बीमितको श्रीमती चित्रमाया सम्वाहाम्फेलाई विमाङ्कको दोब्बर र बोनस समेत गरेर पाँच लाख ४३ हजार ६२ रुपैया इलाम नगरपालिका २ सुम्बेक स्थित उनकै घरमा एक कार्यक्रम गरि हस्तान्तरण गरेको कमपनीले जनाएको छ ।

सुम्बेकस्थित बीमित ठाकुर याक्खाको घरमा आयोजित एक कार्यक्रममा पूर्व वडा अध्यक्ष नारद लम्साल,वडा सदस्य मिना दाहाल तथा प्रभुलाइफ इन्स्योरेन्स इलाम साखाका प्रमुख लक्ष्मीप्रसाद मिश्रले संयूक्त रुपमा बीमितको श्रीमती चित्रमाया सम्बाहाम्फेलाई सो चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै मृतक याक्खाकी श्रीमती चित्रमाया सम्बाहाम्फेले प्रभु लाईफ इन्स्योरेन्सले घरमै आएर मृत्यूदाबी भुक्तानी गरेकोमा खुसी ब्यक्त गर्दै भविष्यको जोखिम हस्तान्तरणको लागि सबैले विमा गर्न जरुरी रहेको बताइन् ।

कम्पनीको इलाम शाखाका कर्मचारी योगेन्द्र सुवेदीले संचालन गरेको कार्यक्रममा पुर्व वडा अध्यक्ष नारद लम्साल,वडा सदस्य मिना दाहाल लगायतले बोल्दै भविस्यमा आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै नागरिकहरुले बीमा गर्नुपर्ने बताउदै बीमा कम्पनीहरुले बीमा साक्षरताको निम्ती ग्रामिण स्तरमा अझ प्रभावकारी कार्यक्रम संचालन गर्नु पर्ने बताए ।

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...