CG Electronics
IME Life
Ncell NPL

देउराली सहकारीद्धारा रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरुलाई सम्पर्कमा आउन आव्हान

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरुलाई सम्पर्कमा आउन देउराली सहकारीले आह्वान गरेको छ । विज्ञप्ती गर्दै सहकारीले सदस्य, कर्मंचारीहरुलाई सम्र्पकमा आई सदस्य सेवा काउन्टर न्युरोडबाट सदस्यहरुको फिर्ता दिन बाँकी बचत बापत विभिन्न स्थानका जग्गा, अपाङग अशक्त र हस्पिटल भर्ना भएकाहरुलाई केही रकम दिइरहेकोले सम्पर्कमा आउन आग्रह गरेको हो ।

संस्था समस्यामा परेपछि बचतकर्ताहरुकै समुह बनाइ उक्त समुहका बचतकर्ता कृष्ण प्रसाद कंडेल, नकुल आचार्य, जिवन श्रेष्ठहरुको संयुक्त नाममा गृहम डेभलपमेन्ट कम्पनी दर्ता गरी नवलपरासीको २९ कठा ४४ वटा घडेरी र ललितपुरमा दुई दर्जनभन्दा बढी सदस्यहरुले केही रकम आफु थपी करिव ३० करोडको जग्गा सेटलमेन्ट गरी संस्थालाई सहयोग गरिसकेको सहकारीले जनाएको छ ।

अरु जग्गा लिन इच्छुक सदस्यहरुले सदस्य सेवा काउन्टर न्युरोडमा गई छलफल गरि जग्गा लिन सकिने संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी साना बचतकर्ताहरुलाई संस्थाले रकम ब्यवस्थापन गरिरहेको र छिट्टै उनीहरुलाई रकम बाँड्ने तादाम्यता मिलाइएको सहकारीले जनाएको छ । संस्थालाई पहिलेकै स्थानमा ल्याउने यस हदको प्रयासको बाबजुत संचालक समितीहरु सम्र्पकमा रही बचतकर्ताहरुको हितमा कार्य गरिरहँदा बजारमा विभिन्न सहकारी भागेका र जेल चलान भएकाहरुको अफवाह सुनी संस्था विरुद्ध लाग्ने केही व्यक्तिको कुरा सुनि धना, आन्दोलन तथा संचालक समिति विरुद्ध विभिन्न सहकारी निकायमा उजुरी बाजुरी गरिरहेको हुँदा त्यस्ता कार्य बन्द गर्न पनि देउरालीले अपिल गरेको छ ।, देउरालीले रकम फिर्ता गर्न धेरै बाँकी नरहेकोे र बाँकी रहेकाहरु सम्पर्कमा आइ छलफलबाट आफना रकम सुरक्षण गर्न आग्रह समेत गरेको छ ।

पछिल्लो समय देउरालीका अध्यक्ष रविन्द्र चौलागाइ संस्था अप्ठेरोमा परेपछि आर्थिक लेनदेन गर्दा आफुलाई मर्कामा परि शोषण गर्ने अनुचित लेनदेनवाला र संस्थाको कर्जा लिइ नतिर्ने बरु उल्टै धम्की दिने, अपचलन गर्नेहरु र कतिपय संचालक तथा कर्मचारी विरुद्ध पनि उजुरी दिएका हुन । उजुरी पछि राजनीतिक दलहरुको आडमा गुण्डागर्दी र अपराधिक कर्ममा संलग्न ब्यक्तिहरु लगाइ उल्टै मार्ने, काट्ने जस्ता धम्की दिइएकाले आफु सदस्यहरुमाझ आएर छलफल गर्न नसकेपनि संचालक र केही कर्मचारीमार्फत आफनै निर्देशनमा पिडित बचतकर्ताहरुको बचत दिनरात खटिएर फिर्ता गरिरहेको अध्यक्ष चौलागाँइले बताएका छन् । देउराली सहकारीमा विभिन्न शिर्षकमा बचत रकम ८५ प्रतिशत फिर्ता भइसकेको र बाँकी रकम छिट्टै नै फिर्ता गरी संस्था पहिलाकै अवस्थामा फर्काउने प्रतिबद्धता प्रेश विज्ञप्तीमा उल्लेख छ

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:११

  इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा...

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...