CG Electronics
IME Life
NIMB

नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहद्धारा विश्व आदिवासी दिवसकोे शुभ कामना व्यक्त

NIMB
Himalayan Bank

 

नरैनापुर २४ साउन। बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

अध्यक्ष शाहले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भएको हो ।
नरैनापुरका आदिवासी जनजातिको हक हितको संरक्षण र संवर्द्धन तथा सांस्कृतिक पहिचानको सवालमा आफू सदैव प्रतिबद्ध रहेको अध्यक्ष शाहले बताउनु भयो ।

२९ औँ विश्व आदिवासी दिवसको अवसरमा अध्यक्ष शाहले आदिवासी जनजातिको पहिचानलाई संरक्षण गर्दै उनीहरूलाई राज्यको मूलधारमा ल्याई कुनै पनि किसिमको अवसरबाट वञ्चित हुन नदिन सबैले मिलेर कार्य गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

अध्यक्ष शाहले दिवसले आदिवासी समुदायले मुलुकको विकास र प्रगतिका लागि गरेको योगदानलाई सबै समक्ष उजागर गर्दै आदिवासी जनजाति समुदायको हक हितलाई थप संस्थागत गर्न सहयोग पुग्ने उल्लेख गर्दै आदिवासी समुदायका दाजुभाइ तथा दिदीबहिनीबिच पारस्परिक सद्भाव, सहयोग र एकता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भए पनि आदिवासी,मधेशी मुस्लिमहरुलाई अझै पनि पूर्णरुपमा अनुभूति गर्न नपाएको बताउदै अध्यक्ष शाहले काठमाडौमा केही दिन अगाडि एक जना अधिवक्ताले आदिवासी, मुस्लिम लगायतको धार्मिक आस्थाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्ध प्रदर्शन गर्ने क्रममा नेपाल प्रहरी आन्दोलनकारीहरुलाई निर्मम तरिकाले दिएको यातनाको कडा शब्दमा निन्दा गर्दै यातना दिने कार्यमा संलग्नहरुलाई अविलम्ब कारवाही गर्न सम्बन्धीत निकाय संग अपिल गर्नु भयो ।

विविधता भित्रको एकता नै हाम्रो मूल मन्त्र रहेको बताउदै अध्यक्ष शाहले यहाँ विभिन्न जात, जाति, भाषा, सम्प्रदाय र धर्म मान्ने नागरिक भए पनि एक अर्काप्रति सामाजिक सद्भाव र सहिष्णुता अत्यन्त राम्रो रहेको उल्लेख गर्दै केही तत्वहरुले सहिष्णुतामा खल्ल पुर्याउन खोजी रहेकोले सम्बेधनशील हुन आग्रह गर्दै उहाँले यो नेपालको विशिष्ट पहिचान भएको र यसलाई दीर्घकालसम्म अक्षुण्ण राख्नुपर्ने बताउनुभयो । आज देशभर विभिन्न कार्यक्रमहरु गरी विश्व आदिवासी दिवस मनाइँदैछ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...