CG Electronics
IME Life
Ncell NPL

वृज सिमेन्टको पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ले श्रावणको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भतजनहरुलाई निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस लगायतका सेवा प्रदान गरेको
छ ।

लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल , वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । बिभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई ११५ जना बिभिन्न स्वयंमसेवकहरु द्वारा ८ स्थानमा सेवा प्रदान गरिएको छ ।

यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ । स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचाप र मधुमेहको समेत परिक्षण गरिएको थियो ।

उक्त स्वास्थ्य शिविरका अनुसार करीब १५०० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए । श्रावणको सोमबार देशभर महादेवको बिभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशी लगायत देशभरका बिभिन्न स्थानमा पुजा अर्चना गरिन्छ ।

वृज सिमेन्टको यो कार्य आफनो कम्पनीको वार्षिक कार्यक्रम अन्र्तगत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको कम्पनीले जनाएको छ ।

 

 

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५७

  चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश...

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:१३

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ...

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:११

  काठमाडौं, वैशाख — ICT Foundation Nepal ले ५० भन्दा...

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५५

  काठमाडौं, वैशाख ११ — Nabil Bank Limited ले पछिल्ला...

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५०

  काठमाडौँ । ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा...

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को चपेटामा देश—ड्युल इन्भर्टर एसीतर्फ बढ्दो आकर्षण

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:४४

काठमाडौँ । नेपालका विभिन्न भू-भागमा तापक्रमले रेकर्ड तोडिरहेको छ। तराईमा...