CG Electronics
IME Life
Ncell NPL

मन्त्रि रिजाल भैरहवामा, आईसीपी र सेजको अनुगमन । जग्गा लिजको मुल्य ८ रुपैयाँ सम्म बनाउन पहल गर्ने प्रतिबद्दता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सेवा चुस्त दुरुस्त राख्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ ।
शनिबार भैरहवा स्थित एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) को अनुगमन तथा निरीक्षण गर्ने क्रममा मन्त्रि रिजालले कर्मचारीहरूलाई यस्तो निर्देशन दिनु भएको हो ।

अनुगमन तथा निरीक्षणमा मन्त्रि रिजाल सगै उद्योग सचिब मुकुन्द निरौलाको पनि उपस्थिति रहेको थियो भने एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) का कार्यकारी निर्देशक आशिष गजुरेलले मन्त्रि रिजाललाई आईसीपीको स्थलगत जानकारी गराउनु भएको थियो ।
मन्त्रि रिजालले आवश्यक सुधार तथा व्यवस्थापनमा जोड दिन आग्रह गर्दै नीतिगत समस्या समाधान गर्न केहि समय लाग्ने भए पनि अन्य समस्या भए त्यसको समाधानका लागि तत्काल निर्णय गर्न आफु तयार रहेको बताउनु भएको छ ।

त्यसैगरी देशलाई समृद्धितर्फ लैजाने गरी उपलब्धिमूलक काम गर्न हौसला दिँदै मन्त्री रिजालले पारदर्शी भएर काम गर्न समेत आग्रह गर्नु भयो ।

मन्त्री रिजालले शनिबार नै भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) को पनि अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिका भट्टले मन्त्रि रिजाललाई सेजको स्थलगत जानकारी गराउनु भएको थियो भने सेजको बिस्तृत प्रस्तुति समेत प्रस्तुत गर्नु भएको थियो ।

अनुगमका क्रममा मन्त्रि रिजालले अहिले सेजमा उद्योग स्थापना गर्दा उद्योगीलाई परिरहेको समस्या तत्काल हल गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ । उद्योगीले उद्योग स्थापना गर्न अहिले लिजको लागि सरकारले तोकेको ६० रुपैयाँ प्रति स्वाक्यर मिटर जग्गा मुल्यलाई घटाएर प्रति स्वाक्यर मिटर ८ देखि १० रुपैयाँ सम्म बनाउन पहल गर्ने मन्त्रि रिजालले स्पष्ट पार्नु भएको छ ।

आईसीपी र सेजको अनुगमन पश्चात मन्त्रि रिजालले भैरहवाका उद्योगी व्यवसायीहरु सग भेटघाट गर्नु भएको थियो । सिद्दार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्य्रक्रममा बोल्दै मन्त्रि रिजालले उद्योगी व्यवसायीले झेल्नुपरेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नुपर्ने भए पनि यसमा नेपाल सरकार गम्भीरतापूर्वक लाग्ने स्पष्ट पार्नु भएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग व्यवसाय सबल नभई देश आर्थिक समृद्धितर्फ जान नसक्ने समेत स्पष्ट पार्नु भयो । भैरहवाका उद्योगी व्यवसायीका कुरा सुन्दै मन्त्रि रिजालले उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्नु हुदै सरकारले केहि गर्दैन भन्ने सोचबाट बाहिर निस्कदै मनोबल वृद्धि गर्न समेत आग्रह गर्नु भयो ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...