Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सरकारले राष्ट्रिय आर्थिक बहस गर्ने, महासङ्घले गर्यो सर्कुलर

 

काठमाडौँ । नेपाल  उद्योग वाणिज्य महासङ्घले सदस्यहरूसमक्ष विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ । विद्यमान सङ्कट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत महासङ्घले सुझाव मागेको हो ।

महासङ्घको तेस्रो कार्यकारिणी बैठकले प्रस्ताव गरेअनुसार विद्यमान आर्थिक सङ्घटको समाधानका उपाय खोज्ने क्रममा गत असोज २५ गते सरोकारवाला सबै सम्मिलित राष्ट्रिय आर्थिक बहस सम्पन्न गरेको थियो । काठमाडौँमा सम्पन्न सो बैठकमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीले अध्यक्षता गर्ने गरी उच्चस्तरीय संयन्त्र गठनका लागि सरकारसमक्ष गर्नुभएको थियो । उक्त प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयन्त्र गठन गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

सोही शृङ्खलाअन्तर्गत नेपाल सरकारले नै आर्थिक क्षेत्रका सरोकारवाला, सरकारी निकाय र निजी क्षेत्रको सहभागितामा अर्को बहसको तयारी थालेको छ । सो बहसका लागि देशमा विद्यमान व्यावसायिक अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदमका लागि महासङ्घले जिल्ला उद्योग वाणिज्य सङ्घसँग आवश्यक सुझाव र परामर्शका लागि सर्कुलर जारी गरेको महासङ्घले जनाएको छ ।

“महासङ्घको सुझावबमोजिम निजी क्षेत्रसमेतको सहभागितामा एक उच्चस्तरीय आर्थिक सुधार संयन्त्र निर्माण हुने प्रक्रियामा छ । यसबारे सर्वपक्षीय छलफल आयोजना गरी सुधार प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्रीको सार्वजनिक भनाइसमेत आएको सन्दर्भमा निजी क्षेत्र मैत्री आर्थिक नीति निर्माण र तत्कालको समस्या सम्बोधनका लागि महासङ्घले सुझाव प्रस्तुत गर्नेछ”, सो सर्कुलरमा भनिएको छ ।

महासङ्घले सर्कुलरमार्फत विद्यमान आर्थिक अवस्थाको सुधार र निजी क्षेत्रमैत्री दिगो आर्थिक विकासका लागि सबै महासङ्घ सदस्यलाई सल्लाह, सुझाव भए उपलब्ध गराउन अनुरोध गरेको हो । रासस

जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छ : गभर्नर

जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छ...

वि.सं.२०८२ कात्तिक २० बिहीवार ००:१२

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत...

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड...

वि.सं.२०८२ कात्तिक १९ बुधवार २३:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी...

ला.प.से. र मा.प.से. सेवन गरी सवारी चलाउने ९ चालक नियन्त्रणमा

ला.प.से. र मा.प.से. सेवन गरी सवारी चलाउने...

वि.सं.२०८२ कात्तिक १९ बुधवार २३:४१

काठमाडौं, २०८२ कार्तिक १९ —काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले...

राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी

राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल...

वि.सं.२०८२ कात्तिक १९ बुधवार २२:४२

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा...

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०९:४३

  काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा बढ्दो इन्धन...

डेडिकेटेड तथा ट्रकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानको पहल सकरात्मक

डेडिकेटेड तथा ट्रकलाइनसम्बन्धी प्रिमियम शुल्क विवाद समाधानको...

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १९:१९

  काठमाडौं । नेपाल विद्युत प्राधिकरण र ठूला उद्योगहरूबीच लामो...