IME Life
NIMB

बिवाइडीले नेपाल सुपर लिग सिजनका लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने

NIMB
Himalayan Bank

 

 

काठमाडौं । बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स इन्कले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा पनि सहकार्य गर्ने भएको छ । कम्पनीले आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लब (एलसिएफसि) सँग मोबिलिटी पार्टनरको रूपमा पुनः सहकार्यको सम्झौता गरेको हो ।

सो साझेदारीले साइमेक्स इन्क र बिवाइडीको प्रविधि र दिगो विकासको साझा प्रतिब‌द्धतालाई जोडेको कम्पनीको भनाइ छ । नोभेम्बर २४ बाट सुरु हुँदै गरेको नेपाल सुपर लिगका नौ फ्रेन्चाइज फुटबल टिमहरू मध्येको एक, ललितपुर सिटी फुटबल क्लबले बाग्मती प्रदेशको ललितपुरको प्रतिनिधित्व गर्दैछ ।

उक्त सहकार्यले भविष्यमा मोबिलिटी, दिगो विकास र सामाजिक विविधताको क्षेत्रमा थप सम्भावना पहिल्याउने लक्ष्य राखेको छ । सिमेक्स इन्क र बिवाइडीकोको दिगो विकासको साझा लक्ष्य प्राप्तिमा खेलकुद सशक्त माध्यम बन्नेमा कम्पनी विश्वास्त छ ।

ललितपुर सिटी फुटबल क्लबको जर्सीमा देखिने साइमेक्सको लोगोले सवारी साधनमा नयाँ प्रविधिको विकास र खेलकूदबीचको सहकार्य दर्साउने कम्पनीको जिकिर छ ।

ललितपुर सिटी फुटबल क्लबसँग साइमेक्सको यो पहिलो साझेदारी भने होइन । २०२१ मा भएको नेपाल सुपर लिगको प्रारम्भिक सिजनमा, ललितपुर सिटी फुटबल क्लबले तेस्रो स्थान हासिल गर्दै प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

साइमेक्स इन्क का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्छन्, ‘नेपाल सुपर लिगको दोस्रो सिजनको लागि ललितपुर सिटी फुटबल क्लबसँगको विाइडीको साझेदारीले हामि निकै उत्साहित छौँ । यो हाम्रो सहयात्राले खेलको मैदानदेखि बाहिरसम्म, खेल र दिगो विकासको सम्बन्धमा अझै प्रकाश पर्ने र सवारीसाधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरूलाई स्पष्टसँग देखाउने छ भन्नेमा हामी ढुक्क छौँ ।’

ललितपुर सिटी फुटबल क्लब पनि स सहकार्यलाई लिएर उत्तिकै उत्साहित रहेको क्लबका प्रबन्ध निर्देशक आलोक जंग जोशी बताउछन् । उनले भने ‘बिवाइडीलाई क्लबको मोबिलिटी पार्टनरका रूपमा पाउँदा हामी गौरवान्वित छौँ र यो सहकार्य फुटबल मैदानबाट बाहिर पनि दिगो विकास र विविध सम्भावना सहितको भविष्य निर्माणमा सहयोगी हुनेछ।’

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...