CG Electronics
IME Life
Ncell NPL

सकारात्मक लयमा अर्थतन्त्र : शोधानान्तर स्थिति २ खर्ब बढी बचतमा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । चालु आर्थिक वर्षको पाँच (मंसिर) महिनामा शोधानान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले शोधानान्तर स्थिति बचतमा रहेको देखाएको हो ।

आयात ३ं४ प्रतिशत, निर्यात ६.१ प्रतिशत तथा व्यापार घाटा ३.१ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी मूल्यवृद्धि घट्नु र विदेशी मुद्रा सञ्चिति बढेका कारण शोधानान्तर स्थिति बचतमा गएको हो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार, वार्षिक बिन्दुगत आधारमा मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ ।

मंसिर महिनामा अघिल्लो वर्षको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा राखेका वस्तुहरुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा कार्तिकको तुलनामा मंसिरमा दैनिक उपभोग्य सामानको मूल्यमा कमी आएकोले मुद्रास्फीतिमा कम चाप पर्न गएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब २५ करोड पुगेको केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको छ भने पाँच महिनामाको अवधिमा चालू पुँजी खर्च ४ खर्ब ५३ अर्ब र राजस्व परिचालन ३ अर्ब ६३ अर्ब ४३ करोड रहेको छ ।

यस अवधिमा विस्तृत मुद्राप्रदायक ४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायक १४.४ प्रतिशतले बढेको हो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ४.६ प्रतिशत अर्थात् २ खर्ब ६३ अर्ब ७२ करोडले बढेको छ ।
यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशत अर्थात् १ खर्ब १० अर्ब ६ करोडले बढेको छ ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा,...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको नयाँ QR भुक्तानी सेवा सुरु

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक ले UnionPay International सँगको सहकार्यमा...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...