Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

हिमालयन बैंकको एकतीसौं वार्षिक साधारण सभा सम्पन्न,सञ्चालक समितिमा ६ जना निर्विरोध

Machhapuchchhre Bank Limited

 

काठमाडौं । हिमालयन बैंकको थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको ३१औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

यससँगै बैंकले आफ्नो कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्नका लागि अङ्कित मुल्यमा प्रिमियम थप गरी साधारण सेयर जारी गर्ने छ । साथै, उक्त थप सार्वजनिक निष्काशनको संख्या निर्धारण गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

उक्त सभाबाट बैंकको सञ्चालक समितिमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट प्रचण्ड बहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे गरी ५ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी बैंकको आजै बसेको संचालक समितिको बैठकले नवनियुक्त संचालकहरुमध्ये प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रुपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ । अध्यक्षमा नियुक्त भएसँगै श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने बताए ।

सभामा अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको तथा तत्कालिन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकिकृत कारोबार सुरु गरिसकेकको जानकारी गराए ।

यसका साथै उनले सिभिल लघुवीत्त वित्तीय संस्थाको नाम परिवर्तन गरी यस बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार संचालन गरिरहेको जानकारी गराए । उनले बैंकले निकट भविष्यमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखी धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको समेत बताए ।

बैंकले आर्थिक २०७९/०८० को अन्त्यसम्म प्राप्ति सहित २ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन र २ खर्ब ४२ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६२.४२ र ५५.१७ प्रतिशतले बढी हो ।

सिद्धार्थ बैंकले मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

सिद्धार्थ बैंकले मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम...

वि.सं.२०८१ माघ २८ सोमवार ००:२४

  काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशमा विप्रेषण प्रापक...

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द इयर’ अवार्ड २०२५ प्रदान

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द...

वि.सं.२०८१ माघ २७ आइतवार २३:५१

  काठमाडौं । जेसीबी इक्यूपमेन्ट्स नेपालका आधिकारिक वितरक एमएडब्लू अर्थ...

सन नेपाल लाइफ इन्स्योरेन्सले तीन अन्तर्राष्ट्रिय अवार्ड जित्यो

सन नेपाल लाइफ इन्स्योरेन्सले तीन अन्तर्राष्ट्रिय अवार्ड...

वि.सं.२०८१ माघ २६ शनिवार ०९:४७

  काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजित ICC...

नेपाल बीमा संघको २२औं र २३औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्वले गरे शपथ

नेपाल बीमा संघको २२औं र २३औं वार्षिक...

वि.सं.२०८१ माघ २६ शनिवार ००:३९

  काठमाडौँ । नेपाल बीमा संघको २२औं र २३औं वार्षिक...

ग्लोबल आइएमई बैंकमाथि फैलिएका अफवाहप्रति रेमिटर्स एसोसिएसनको आपत्ति, कानूनी कारबाहीको माग

ग्लोबल आइएमई बैंकमाथि फैलिएका अफवाहप्रति रेमिटर्स एसोसिएसनको...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:५२

काठमाडौं । ग्लोबल आइएमई बैंकप्रति पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएका...

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन,...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:१९

  काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री...