CG Electronics
IME Life
Ncell NPL

चौधरी पक्राउपछि व्यवसायीको एकै स्वर : देशको उद्योगधन्दा कसरी चल्छ ?

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउको घटनाले निजी क्षेत्र स्तब्ध छ । नेपाल उद्योग परिसंघले हतार हतार पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रको मानमर्दन गर्दै आतंकित बनाएको आरोप लगाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार दिउँसो चौधरी र बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेर चार दिन हिरासत म्याद लिएको थियो ।

चौधरीको कम्पनीले कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ भने थापाले त्यसमा मिलेमत्तो गरेको आरोप छ । प्रहरीले दुवैलाई अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

घटनाको विरोध गर्दै परिसंघले साँझ पत्रकार सम्मेलन गरेको छ भने उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गर्दै धरपकडको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनुसन्धानले पुष्टि नभएसम्म धरपकड उद्योगी व्यवसायीलाई धरपकड नगर्न सरकारलाई गराएको ध्यानाकर्षण स्मरण गराउँदै महासंघले व्यवसायिक परिदृश्यबाट निराश व्यवसायीलाई थप निरुत्साहित बनाएको उल्लेख गरेको छ ।

उता पत्रकार सम्मेलनमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले धरपकड गरेर सरकारले उद्योगीलाई आतंकति पारेको आरोप लगाए । सूचना दिएर आफ्नो कुरा राख्न दिनुपर्ने भन्दै उनले हठात पक्राउ गरेर निजी क्षेत्रको मानमर्दन गरिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)का अध्यक्ष गणेश कार्कीले अरुण चौधरी पक्राउ गरेर सरकारले निजी क्षेत्रलाई पेल्न खोजेको आरोप लगाए । सरकारको यो कदमले नीजि क्षेत्र धरापमा पर्ने उनले बताए ।

उनले भने, ‘सरकारले अरुण चौधरीलाई पक्राउ गरेर निजी क्षेत्रलाई पेलेर अगाडि बढ्न खोजेको छ । मलाई लाग्छ सरकारले यो मुद्दालाई निराकरण गर्दै जानुपर्छ । नत्र निजी क्षेत्रलाई ठूलो समस्या पर्न सक्छ । त्यसैले सरकारले चाँडोभन्दा चाँडो मुद्दालाई किनारा लगाउनुपर्छ ।’
त्यस्तै, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले धरपकड शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताए । व्यवसायीलाई पक्राउ गर्नका लागि प्रक्रिया हुने र सोहीअनुसार गर्नुपर्ने भनाइ उनले राखे ।

उनले भने, ‘व्यवसाय गरिरहेको व्यवसायीलाई थुनामा राख्दा देशको उद्योगधन्दा कसरी चल्छ ? यो प्रक्रिया नै गलत भयो । यसलाई तत्काल रोक्नुपर्छ ।’ देशमा ठूलो मात्रामा लगानी गरिरहेको उद्योगी व्यवसायी रातारात भाग्ने जसरी पक्राउ गर्नु सरकारको गम्भीर गल्ती भएको उनको भनाइ छ ।

सवारी बिक्रेताहरुको संस्था नाडाका उपाध्यक्ष निराकर श्रेष्ठले चौधरी पकाउ परेको सुन्दा आफू सशंकित भएको बताए । सरकारले यसरी निजी क्षेत्रलाई तर्साउन नहुनेमा उनले जोड दिए ।

 

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...