CG Electronics
IME Life
NIMB

सेयर बजार परिसूचकमा ९.१९ अंकको वृद्धि

NIMB
Himalayan Bank

 

काठमाडौं । सेयर बजार परिसूचक मंगलबार ९.१९ अंकले बढेर परिसूचक २०३६.०१ विन्दुमा रह्यो । ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको छ । साताको पहिलो दिनको कारोबार रकम ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ थियो ।
१३ उपसमूहमा होटल तथा पर्यटन र लघुवित्त बाहेक सबै बढ्दा नेप्से परिसूचकमा सुधार आएको हो । फाइनान्स उपसमूह सर्वाधिक २.७९ प्रतिशतले बढेको छ ।
आज १५० कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे । ८६ कम्पनीका सेयरमूल्य घट्यो भने ९ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।
आज जानकी फाइनान्सको सेयर बढेर सर्किट लागेको छ । नेपाल फाइनान्स र पोखरा फाइनान्स सेयरमूल्य पनि उल्लेख्य बढेको छ ।
आज उच्च कारोबार हुनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी छ । उक्त कम्पनीको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गोर्खाज फाइनान्सको १६ करोड, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४५ लाख, नेपाल फाइनान्सको १५ करोड ३६ लाख र पोखरा फाइनान्सको १० करोडको सेयर किनबेच भएको छ ।
वीन नेपाल लघुवित्तको सेयरमूल्य घटेर नकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त, सबैको लघुवित्त, समता घरेलु लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर घटेका छन् ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...