CG Electronics
IME Life
NIMB

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

NIMB
Himalayan Bank

 

नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण अनुसार कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा ८७.२५ प्रतिशतले घटेर १३ लाख १८ हजार रुपैयाँमा सीमित भएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १३.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ७० लाख ४८ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा ८२.२३ प्रतिशतले घटेर १८ लाख ८३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ करोड ५ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

वितरणयोग्य नाफा २२ करोड १० लाख रुपैयाँ र खराब कर्जा ३.९३ प्रतिशतले घटेर ९.२४ प्रतिशतमा पुगेको छ । समिक्षा अवधिमा चुक्ता पूँजी ७२ करोड ९४ लाख रुपैयाँ, जगेडा कोषमा २५ करोड ४० लाख रुपैयाँ, निक्षेप २ अर्ब २४ करोड रुपैयाँ र कर्जा प्रवाह १ अर्ब ७३ करोड रुपैयाँ गरेको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६५ पैसा घटेर २४ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा रहेको छ।

 

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...