Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

Machhapuchchhre Bank Limited

 

एनएमबि बैंकले बुधबार बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसर सम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

एनएमबि बैंकले ‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, संचालक जीवन कुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी., किर्तिपुर महानगरपालिका प्रतिनिधिहररु, बैंकका कर्मचारी लगायत सर्वसाधारणहरु गरी लगभग ७५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्रचार्यको उपस्तथिति थियो । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई ५००,००० रूपैयाँको सहयोगका साथै किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो ।

बैंकले प्रदेश नं. १ मा इटहरी चोक देखी रामधुनी मन्दिर सम्म, मधेष प्रदेशमा जनकपुर शाखा देखी राम मन्दिर, चितवनमा भरतपुर शाखा देखी गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखा देखी तालबाराही मन्दिर सम्म, लुम्बिनी प्रदेशमा गोल पार्क देखी सिद्धबाबा मन्दिर सम्म र कर्णाली प्रदे्रश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखा देखी काक्रेबिहार मन्दिर सम्म, महेन्द्रनगर शाखा देखी सिद्धनाथ मन्दिर सम्म र धनगढी शाखा देखी कृष्ण मन्दिर सम्म एकै साथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

एनएमबि बैंक, विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त, एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८६ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

सिद्धार्थ बैंकले मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

सिद्धार्थ बैंकले मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम...

वि.सं.२०८१ माघ २८ सोमवार ००:२४

  काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशमा विप्रेषण प्रापक...

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द इयर’ अवार्ड २०२५ प्रदान

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द...

वि.सं.२०८१ माघ २७ आइतवार २३:५१

  काठमाडौं । जेसीबी इक्यूपमेन्ट्स नेपालका आधिकारिक वितरक एमएडब्लू अर्थ...

सन नेपाल लाइफ इन्स्योरेन्सले तीन अन्तर्राष्ट्रिय अवार्ड जित्यो

सन नेपाल लाइफ इन्स्योरेन्सले तीन अन्तर्राष्ट्रिय अवार्ड...

वि.सं.२०८१ माघ २६ शनिवार ०९:४७

  काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजित ICC...

नेपाल बीमा संघको २२औं र २३औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्वले गरे शपथ

नेपाल बीमा संघको २२औं र २३औं वार्षिक...

वि.सं.२०८१ माघ २६ शनिवार ००:३९

  काठमाडौँ । नेपाल बीमा संघको २२औं र २३औं वार्षिक...

ग्लोबल आइएमई बैंकमाथि फैलिएका अफवाहप्रति रेमिटर्स एसोसिएसनको आपत्ति, कानूनी कारबाहीको माग

ग्लोबल आइएमई बैंकमाथि फैलिएका अफवाहप्रति रेमिटर्स एसोसिएसनको...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:५२

काठमाडौं । ग्लोबल आइएमई बैंकप्रति पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएका...

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन,...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:१९

  काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री...