CG Electronics
IME Life
Ncell NPL

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको दुईपक्षीय आर्थिक सम्बन्ध हिमाल जस्तै अटल रहेको बताएका छन् ।

सोमबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं नेपाल–चीन व्यापार मेलाको समुद्घाटन कार्यक्रममा उनले चीनको स्थायित्व एकता समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको भन्दै नेपाल सदैव एक चीन नीतिको समर्थन रहँदै आएको र चीनको एकता एवम अखण्डताप्रति मन, वचन र कर्मले प्रतिबद्ध रहेको बताए ।

‘नेपाल र चीनको स्वशासित क्षेत्र हिमालको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रो व्यवसायिकहरुको कारण दुईपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमाल जस्तै अटल बनाएको छ ।

वस्तु विनिमय प्रणालीबाट विकसित हुँदै आजको यस डिजिटल युगमा नेपाल र चीनको स्वशासित क्षेत्र सिचाङबिचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने मैले विश्वास लिएको छु,’उनले भने,‘‘नेपाल र चीन सदैव सुःख दुःखमा साथ दिने अनन्य मित्रको रुपमा छन् ।

चीनको स्थायित्व एकता समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको छ । नेपाल सदैव एकचीन नीतिको समर्थन रहँदै आएको र चीनको एकता र अखण्डतालाई मन वचन र कर्मले प्रतिबद्ध रहेको छ ।’

उनले दुइ देशबिच व्यापार प्रवद्र्धन गर्ने महत्वपूर्ण औजारको रुपमा रहेको भन्दै यस्तो व्यापार मेलाले दुई छिमेकी देशहरुबीच व्यापार वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । व्यापारी समुदायलाई नयाँ क्रेता, नयाँ बजार र नयाँ व्यापार गन्तब्य पहल्याउन फलदायी हुने उनको भनाइ छ ।

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...