Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी

 

काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको दुईपक्षीय आर्थिक सम्बन्ध हिमाल जस्तै अटल रहेको बताएका छन् ।

सोमबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७ औं नेपाल–चीन व्यापार मेलाको समुद्घाटन कार्यक्रममा उनले चीनको स्थायित्व एकता समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको भन्दै नेपाल सदैव एक चीन नीतिको समर्थन रहँदै आएको र चीनको एकता एवम अखण्डताप्रति मन, वचन र कर्मले प्रतिबद्ध रहेको बताए ।

‘नेपाल र चीनको स्वशासित क्षेत्र हिमालको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रो व्यवसायिकहरुको कारण दुईपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमाल जस्तै अटल बनाएको छ ।

वस्तु विनिमय प्रणालीबाट विकसित हुँदै आजको यस डिजिटल युगमा नेपाल र चीनको स्वशासित क्षेत्र सिचाङबिचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने मैले विश्वास लिएको छु,’उनले भने,‘‘नेपाल र चीन सदैव सुःख दुःखमा साथ दिने अनन्य मित्रको रुपमा छन् ।

चीनको स्थायित्व एकता समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको छ । नेपाल सदैव एकचीन नीतिको समर्थन रहँदै आएको र चीनको एकता र अखण्डतालाई मन वचन र कर्मले प्रतिबद्ध रहेको छ ।’

उनले दुइ देशबिच व्यापार प्रवद्र्धन गर्ने महत्वपूर्ण औजारको रुपमा रहेको भन्दै यस्तो व्यापार मेलाले दुई छिमेकी देशहरुबीच व्यापार वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । व्यापारी समुदायलाई नयाँ क्रेता, नयाँ बजार र नयाँ व्यापार गन्तब्य पहल्याउन फलदायी हुने उनको भनाइ छ ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...