CG Electronics
IME Life
NIMB

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

NIMB
Himalayan Bank

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशनबाट समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । हिजो शनिबार राति सम्पन्न निर्वाचनबाट संघको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित भएका हुन् । मतदानमा खसेको कुल मत १४० बलामीले ९५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने अध्यक्षकै प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत ल्याएर पराजित भएका थिए ।

अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित पत्रकार बलामीले नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको व्यावसायिकता, मर्यादा र साख अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने र संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।

बलामीको नेतृत्वमा रहेको संघको उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा निर्वाचित भएका छन् । रघुनाथले ७३ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नवीन गिरीले ६२ मत पाएका थिए । उपाध्यक्ष (कार्यक्रम)तर्फ भने कुमार आचार्य निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै, उपाध्यक्ष (महिला)मा दीपज्योती थापाले ७५ मत ल्याएर विजयी भएकी छन् । उनको प्रतिस्पर्धी सुष्मा कार्कीले ६२ मत पाएकी थिइन् । त्यसैगरी महासचिव पदमा गोपीकृष्ण चापागाईँले ५४ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धि मनिष कार्कीले ४४ मत प्राप्त गरेका थिए । महासचिवका चार जना उम्मेदवारमध्ये सीपी जैसीले १९ तथा पवन भट्टराईले १८ मत पाएका थिए ।

संघको सचिवमा मदन रिजालले ९४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्र थापा मगरले ४५ मत पाउन सफल भए । सचिव (समावेशी) भने महम्मद जलिम निर्विरोध निर्वाचित भएका थिए । कोषाध्यक्षमा मनिष अञ्जान दाहालले ७४ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी निशा बजगाईँले ६५ मत प्राप्त गरेकी थिइन् । त्यस्तै, सह कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा अर्जुन गुरागाईंले ६२ मत ल्याएर विजयी भए । उनको निकटतम प्रतिस्पर्धी भोला सुवेदी प्रनपले ४२ मत प्राप्त गरेका थिए ।

सदस्य पदका सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित हुने सदस्यहरूमा सुशिल नेपाल, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा), रतनबहादुर चन्द, सालिकराम न्यौपाने, नवीन चापागाईं, दीपराज क्षेत्री रहेका छन् ।अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित पत्रकार बलामीले नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको व्यावसायिकता, मर्यादा र साख अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने र संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।

महाधिवेशनको निर्वाचन कमिटिमा अधिवक्ता कृष्ण ढुंगाना मुख्य निर्वाचन अधिकृत रहेका थिए । निर्वाचन मण्डलमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक माधवराज खरेल, पूर्वअध्यक्ष विदुर गिरी रहेका थिए ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...